English

याङ्वरक गाउँपालिका : एमालेको ‘क्लिन स्विप’



सिक्किम सीमा क्षेत्र जोडिएको पाँचथरको स्थानीय तह हो– याङ्वरक गाउँपालिका ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सा‌ंसद गणेशकुमार काम्बाङले यो स्थानीय तहमा यस पटक गठबन्धन दलको झण्डा फहराउन चाहेका थिए ।

जुन सांसद काम्बाङको गृहपालिका पनि हो ।

तर, गठबन्धन दलका यी नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन सकेनन् । महागठबन्धनविरुद्ध एक्लै लडेर एमालेले लालकिल्ला जोगायो ।

वडा नम्बर, १, २, ३ र ४ सम्मको मतगणना हुँदासम्म भने गठबन्धन दलका अध्यक्ष पदका उम्मेदवार मबिन्द्र योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार अर्जुन बेघाको अग्रता थियो ।

यद्यपि, सांसद काम्बाङको वडासमेत रहेको वडा नम्बर ५ मा आइपुग्दा भने एमालेबाट अध्यक्ष पदका उम्मेवदार भीमबहादुर योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार बाबा मेन्याङ्बोले अग्रता मात्र तोडेनन्, अन्ततः निर्वाचन नै जिते ।

निर्वाचन अधिकृतको कार्यालय याङ्वरकले जनाएअनुसार भीमले अध्यक्ष पदमा चार हजार ११८ र मेन्याङ्बोले उपाध्यक्ष पदमा तीन जहरा ९९८ मत प्राप्त गरे ।

गठबन्धनबाट अध्यक्षमा पराजित मबिन्द्रले चार हजार ३८ र उपाध्यक्षमा पराजित बेघाले तीन हजार ६७९ मत प्राप्त गरेका थिए ।

२०७४ मा यही गाउँपालिकामा एक्लाएक्लै निर्वाचनमा जाँदा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला तेस्रो स्थानमा धेरै मतान्तरले माओवादी थियो ।

तर, निर्वाचनअघि सोझो रूपमा हेर्दा भने पहिले कांग्रेसले पाएको र माओवादीले पाएको मतले गठबन्धन उम्मेदवारहरूले निर्वाचन जित्‍ने आँकलन थियो । निर्वाचनको परिणाम भने त्यस्तो आएन।

गठबन्धन दलका एक नेताका अनुसार मबिन्द्रलाई आफ्नै वडाबाट कम मत आयो । जबकि, भीमले त्यहाँ ‘लिड’ गरिदिए । यहाँ मबिन्द्रलाई कांग्रेसकै धेरै मतदाताले मत नदिएको गठबन्धन दलहरूबीच चर्चा छ ।

र, पराजित हुनुको अर्को कारण भने तुलनात्मक रूपमा एमालेका भीमभन्दा मबिन्द्र कमजोर उम्मेदवार हुन् । हुन त उनी यसअघि सोही वडाको अध्यक्ष थिए । यससँगै पार्टी सङ्‍गठन सुधार गर्न भन्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मौसमले वार्षिक करोडौँ बजेट यही पालिकामा पठाउँदै आएका छन् ।

मन्त्रीले बजेट ओहिर्‍याएकै हुन् । तर, साथीहरूले योजना लगेर खै सङ्‍गठन बनाउन सकेनछन् । जुन कुरा यो निर्वाचनले छर्लङ्‍ग पार्‍यो ।

निर्वाचनको परिणामले भने बजेट पठाए पनि पार्टीका स्थानीय नेता कार्यकर्ताले सङ्‍गठन बनाउन नसकेको तथ्य छर्लङ्‍ग पारेको माओवादीकै एक नेताले बताउँछन् ।

‘मन्त्रीले बजेट ओहिर्‍याएकै हुन् । तर, साथीहरूले योजना लगेर खै सङ्‍गठन बनाउन सकेनछन् । जुन कुरा यो निर्वाचनले छर्लङ्‍ग पार्‍यो’, ती माओवादी नेताले भने ।

याङ्वरकमा एमालेसँगको हारले कांग्रेस समहामन्त्री आङ्देम्बे, मन्त्री मौसमसँँगै सांसद काम्बाङको गठबन्धनको झण्डा फहराउने चाहना अधुरै भएको छ ।

जबकि, जिल्लाको फिदिम नगरपालिकासहित ७ स्थानीय तहमध्ये हिलिहाङ गाउँपालिकाको उपाध्यक्षबोहकमा गठबन्धनले पालिका नेतृत्वमा एमालेलाई ‘क्लिन स्विप’ गरिदिएको छ ।

यो पनि…
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
काठमाडौं महानगरपालिका : स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested