English

हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्दा के फाइदा हुन्छ ?



यौन सम्पर्क खास गरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबिच रातमा बढी यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कँदै जान्छ वा वैवाहिक जीवन लम्बिँदै जान्छ, यौन सम्पर्कको दर पनि क्रमशः घट्दै जान्छ ।

थुप्रै दम्पतीबिच यौन सक्रियतामा असन्तुलन हुने गर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासीन भएको बताइरहेका हुन्छन् । त्यसै गरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् । जबकि यौन सम्पर्कमा दुवैको रुचि, उत्सुकता र सक्रियता समान हुनुपर्छ । यदि त्यसो भयो भने यौन जीवन सुखमय हुने एक अध्ययनले बताएको छ ।

–अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यही कारणले उनीहरूको सम्बन्धमा खटपट आउँछ । र बिस्तारै मनमुटाव हुने गर्छ ।
–जब पार्टनरबाट यौन सन्तुष्टि मिल्दै उनीहरूले अर्कैतिर त्यसको विकल्प खोज्न थाल्छन् । पति वा पत्नी दुवैको हकमा यस्तो हुनसक्छ । त्यसैले यौन सम्बन्धमा दुवै पति पत्नी सक्रिय हुनुपर्छ ।तर, यौनमा अधिक रुचि हुनु पनि राम्रो मानिँदैन । साथै यौनमा उदासीन भएको पनि राम्रो मानिँदैन ।
–दम्पतीको सम्बन्ध सुमधुर राख्नका लागि यौन जीवनमा सन्तुष्ट चाहिन्छ । यौन जीवन सुखमय भयो भने उनीहरू एक अर्कामा थप नजिक हुन पुग्ने विभिन्न अध्ययनहरूमा पाइएको छ ।
–यसको शारीरिक फाइदा पनि छ । भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्त प्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ ।
–अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरूमा हृदयाघातको खतरा ४५ प्रतिशत कम हुन्छ । अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड