English

युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो



डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी विजयी भए । जोशी बलिया प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड) लाई हराउँदै मेयरमा विजयी भएका हुन् ।

जोशीले पाँच हजार नौ सय ४१ मत पाए भने मालले पाँच हजार आठ सय पाँच मत पाए । जोशी माललाई एक सय ३६ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन् । यहाँ २०७४ सालको चुनावमा कांग्रेसका भीमबहादुर साउदले मेयरमा जितेका थिए ।वायुमण्डलीय भौतिक शास्त्रमा स्नातकोत्तर जोशी सबैभन्दा कान्छा नगर प्रमुख पनि बनेका छन् ।

उम्मेदवारी दिएसँगै उनी राजनीतिको पूरानो ढर्रालाई परिवर्तन गरेर युवाले देश हाक्नु पर्ने बताउँदै आएका थिए । आज आफूले काम गरेको खण्डमा भोलि अरू युवाले पनि आँट गर्ने उनको भनाइ छ ।

यता, नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकाको अध्यक्ष २७ वर्षीय युवाले जितेका छन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेका दीपेन्द्र सुनारी चार हजार ५९ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीलाई पराजित गरेका हुन् । बस्ताकोटीले ३९ सय मत पाएका छन् । कांग्रेसको गढ मानिएको बुलिङटारमा २७ वर्षीय युवाले नेतृत्व सम्हाल्न पुगेका हुन् ।

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित राजा बाबुको चार हजार ८१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४१ वर्षीय हरिनन्दनप्रसाद यादवले दुई हजार तीन सय ९२ मत पाए । राजाबाबु पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन् ।

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा पनि २१ वर्षीय युवाले जितेका छन् । जनता समाजवादी पार्टी ९जसपा० बाट उम्मेदवार बनेका २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचिन भएका हुन् ।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारलाई एक सय १७ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ताले तीन हजार सात सय ४३ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी अजयले तीन हजार ६ सय २६ मत पाए ।

युवा वडाअध्यक्षहरू

प्युठानको सरुमारानी गाउँपालिका(६ को वडाअध्यक्ष २८ वर्षीय युवाले जितेका छन् । नेकपा एमालेबाट २८ वर्षीय युवा तिलबहादुर बुढा वडाअध्यक्षमा विजयी भएका हुन्छ । बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले चार सय ४३ मत प्राप्त गरेका थिए ।

खोटाङका २८ वर्षीय युवकले पनि वडाअध्यक्ष जितेका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसका जीवन न्यौपाने ९खत्री० वडाध्यक्षमा विजयी भएका हुन् । न्यौपानेले एक सय ९७ मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका सन्तोष राईले एक सय ७३ मत पाए ।

नेकपा एमालेबाट बैतडीको मेलौली नगरपालिका–८ को वडाअध्यक्षका उम्मेदवार २२ वर्षीय तपेन्द्रजंग विष्ट विजयी भएका छन् । काठमाडौं बसेर पत्रकारिता गर्दै आएका विष्टले तीन सय ३८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भु विष्टले दुई सय ५८ मत पाए । हालसम्म सार्वजनिक मत परिणामअनुसार तपेन्द्र देशकै कान्छो वडाअध्यक्ष हुन् ।

बझाङमा पनि २३ वर्षीय हरिश सिंह पनि वडाअध्यक्ष बनेका छन्। कांग्रेसबाट वडाअध्यक्षमा प्रतिस्पर्धा गरेको सिंह ६ सय ८४ मतसहित विजयी भएका हुन् ।

काभ्रेको भुम्लु गाउँपालिका२ मा पनि २४ वर्षीय सुजन भण्डारीले वडाअध्यक्ष जितेका छन् । २२ वर्षकै उमेरमा वडाअध्यक्ष बनेका विष्टले आफू सासकत्वलाई परास्त गर्दै सेवकत्व स्थापित गर्न तल्लिन हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

स्थानीय तह निर्वाचनमा झण्डै ४० हजार उम्मेदवार ४० वर्षभन्दा कममा छन् । एक लाख ४५ हजार उम्मेदवारमध्ये २७ प्रतिशतभन्दा बढी युवा छन् । स्थानीय तह निर्वाचनमा २१ वर्षभन्दा माथिको उमेरसमूहबाट उम्मेदवारी परेको छ ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested