English

कास्कीको पालिका समीक्षा : कांग्रेसले थप्यो, एमालेले गुमायो



कास्कीका चारवटा गाउँपालिकाको मतगणना सकिएको छ । अहिले धमाधम पोखरा महानगरको गणनामा ब्यस्तता छ । पोखराको ३० हजारभन्दा बढी गणना भइसकेको छ । अघिल्लो पटक एउटा पालिकाको अध्यक्ष र २७ वडा गुमाएको एमालेले अहिले निकै नोक्सानी ब्यहोरेको छ । त्यसो त, चार पालिकाका ३९ वडामध्ये २१ वटा वडामा फरक पार्टीले चुनाव जितेको छ । अर्को रोचक विषय जहाँ उम्मेदवार दोहोरिएका छन्, अधिकांश पराजय त्यहिँ भएको छ । पालिका अध्यक्षमा दोहोर्‍याएका कांग्रेसका युवराज कुँवर एमालेका विष्णु केसीसँग पराजित भए । केसी अघिल्लो चुनावमा उनै कुँवरसँग पराजय भोगेका थिए । अघिल्लो पटक एक हजारभन्दा बढी मत अन्तरले पराजित भएका मादीमा कांग्रेस उम्मेद्वार देवीजंग गुरुङले भारी मतान्तरले चुनाव जिते ।

त्यसको अपवाद, रुपमा भने पालिका अध्यक्ष र उपाध्यक्ष नै दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । वडातर्फ हेर्दा माछापुच्छ्रेमा मात्रै ८ वडामा फरक नतिजा आएको छ । मादीका ७ वडामा फरक पार्टीले अध्यक्ष चुनाव जितेको छ । अन्नपूर्णको ४ र रुपामा २ वडा नयाँ नतिजा आएको छ । अघिल्लो चुनावमा पालिकाका १३ वडा जितेको कांग्रेसले अहिले ६ वडा बढी अर्थात् १९ वडामा जित निकालेको छ । माओवादीको पहिले र अहिले समान (३ वडा) जित छ भने पहिले २३ वडा जितेको एमाले अहिले १७ वडामा खुम्चिएको छ । यो चुनावमा सबैभन्दा बढी नोक्सानी एमालेलाई परेको छ । अहिले पोखराको मतगणना चलिरहेको छ ।

यहाँको नतिजाले जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखसहित पदाधिकारी थप्ने र राष्ट्रिय सभा चुनावसम्म असर गर्छ । चार पालिकामध्ये जिससका लागि एमालेको बहुमत छ । पोखरामा गठबन्धनले चुनाव जिते बराबर हुनेछ । गाउँपालिकामा २ अध्यक्ष र १ उपाध्यक्ष कांग्रेस तथा २ अध्यक्ष र ३ उपाध्यक्षमा एमाले विजयी भएको छ । पोखरामा गठबन्धनले चुनाव जिते एमाले र गठबन्धनको मत बराबर हुनेछ । सहमति नजुटे गोलाप्रथाबाट जिसस प्रमुख र उपप्रमुखसहित ९ सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय निर्वाचन उम्मेद्वार, उम्मेद्वारको व्यक्तित्व र यसअघिका विजयी जनप्रतिनिधिले गरेका कामका आधारमा नतिजा निर्भर हुन्छ । एउटा कुरा के स्पष्ट भएको छ भने मतदाताहरू सत्ताको प्रतिपक्षमा हुन्छन् भन्ने उदाहरण यो चुनावले दिएको छ । अधिकांश एमालेले जितेका वडाहरु र पालिकासमेत कांग्रेसले जितेको छ भने कांग्रेसले जितेका वडा र पालिका पनि एमालेले जितेको छ । अघिल्लो चुनावमा धेरै मतान्तरसहित हारेको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसले राम्रो कमब्याक गरेको छ । अघिल्लो पटक झिनो मतान्तरले अध्यक्ष गुमाएको अन्नपूर्णमा एमालेले झन् धेरै मतान्तरले चुनाव जितेको छ ।

मादी भने कांग्रेसले फर्काएको छ । रुपा गाउँपालिकामा कांग्रेस अझै कमजोर भएको छ, जितेका वडामा समेत पकड राख्न सकेको छैन । मत बढ्नुमा अधिकांश नयाँ मतदाता भएपनि मतान्तर बढ्नुमा भने यसअघिका जनप्रतिनिधिले गरेका कामको मुल्यांकन गरेर मतदाताको नयाँ रोजाई प्रमुख कारण हो ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।