English

श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यक : प्रधानमन्त्री



७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरूमा लाइनमा देखिन्छन् ।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७५ मिलियन डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने बताए ।

राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिए ।

महामारी, बढ्दो मूल्य बृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



सम्बन्धित खबरहरु

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested