यस्ता छन् यौन सम्बन्धी केही रोचक तथ्यहरू
संसारमा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र सञ्चालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो ।
तर दुनियाँको अनिवार्य तथा शाश्वत सत्यको रूपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरूका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरू त पत्यारै नलाग्ने पनि हुन्छन् ।
सेक्स सम्बन्धी केही तथ्य यस्ता छन्
–सम्भोगले मानिसले पीडा सहन सक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला शरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।
–एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकीट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भधारण गर्न पुग्छ ।
–पुरुषको यौनांगबाट वीर्य बाहिर निस्किएसँगै वीर्यमा रहेका शुक्रकीट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि वीर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् ।
–सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठिन हुन्छ । यसको कारण छ । किनकि सम्भोगका बेला शरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ ।
–त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहन्छ ।
–सम्भोगका बेला पुरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ ।
–सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको बेला उत्सर्जन हुने रिल्याक्स हर्मोनका कारण ब्लड प्रेसर कम हुन्छ र मुड पनि राम्रो हुन्छ । त्यसैले सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा शान्त गरिदिन्छ ।
–अध्ययन अनुसार हप्तामा कम्तीमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरूमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?