बुद्धकृष्णले आठौँ पटक छेडे जिब्रो
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेडेका छन् ।
बुद्धकृष्णले जिब्रो छेड्न आवश्यक तान्त्रिक विधि पूरा गरी बिहिबार १० इञ्च लामो सुइरोले जिब्रो छेडेका हुन् । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुद्धकृष्णसंग तस्विर खिचाउँदै उनको कामको प्रशंसा गरेका छन् ।
हालसम्म १२ जनाले निरन्तर १०६ वर्ष जिब्रो छेड्का छन् । विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक जिब्रो छेडेका थिए ।
तस्विरः रमेश गिरी (रासस) तथा मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको फेसबुकवालबाट।