English

एकै फिल्मबाट डेब्यू गर्दै बलिउडका यी स्टार किड्स



बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडमा डेब्यू गर्दैछिन्।

सुहानाले जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट बालिउड फिल्ममा डेब्यु गर्न लागेकी हुन्।

यो फिल्ममा सुहाना खानसँगै श्रीदेवीकी छोरी खुसी कपूर, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि डेब्यु गर्दैछन्।
उनीहरुको डेब्यूलाई लिएर बलिउड फिल्मकर्मीहरुले बधाई तथा शुभकामना दिइरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म नेटफ्लिक्समा प्रदर्शन हुनेछ।

लामो समयदेखि सुहाना र खुसीले फिल्म खेल्ने चर्चा चलिरहेको थियो। अन्ततः उनीहरुले निर्देशक जोयाको फिल्मबाट एकसाथ डेब्यू गर्ने भएका छन्।
फिल्ममा सुहाना र खुसी जोडिएसँगै अभिताभ बच्चनका नाति अगस्त्यले पनि फिल्मको प्रस्ताव स्वीकार गरेका हुन्।

साथै अभिनेता शाहरुख खानले छोरी सुहानाको बलिउड डेब्यूलाई लिएर सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

‘सुहाना तिमी यो कुरा याद राख तिमी कहिले पनि परफेक्ट हुन सक्दैनौ। तर आफै प्रस्तुत भयौ भने सफलताका नजिक हुनेछौ। दयालु बन अनि कलाकारको रुपमा आफ्नो उत्कृष्ट देऊ। ताली र गाली के पाउँछौ, त्यो तिम्रो नियन्त्रणमा छैन। मान्छेको हृदयसम्म पुग्नका लागि यो बाटो अन्तहीन छ। मुस्कुराएर अगाडि बढ्दै जाऊ। अब लाइट, क्यामरा र एक्सन हुन देऊ। एक अभिनेताको तर्फबाट शुभकामना ’ उनले ट्विटरमा लेखेका छन्।

सुहानले पनि उनको पोस्टमा जवाफ दिँदै लेखेकी छन्, ‘लभ यु पापा।’

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested