लामो समयदेखि अध्यक्ष भइरहेकाहरू
२१ वर्षदेखि राष्ट्रिय जनमोर्चाको अध्यक्ष रहँदै आएका चित्रबहादुर केसी पुनः सोही पदमा निर्वाचित भए, गत २४ चैतमा । उनी बुटवलमा सम्पन्न पार्टीको चौथो सम्मेलनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
सर्वहारा नेताको परिचय बनाएका केसीले २०५१ बाट (बीचमा चार वर्ष प्रवक्ता भए) राष्ट्रिय जनमोर्चाको अध्यक्ष सम्हाली रहेका छन् ।
तर, पोहोरसालबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्क्षे ‘रोहित’ले अध्यक्ष पद स्वेच्छाले नै त्यागे ।
२०३१ सालमा पुष्पलाल समूहबाट छुट्टिएर रोहितले नेपाल मजदुर किसान पार्टी स्थापना गर्दै अध्यक्ष सम्हालेका थिए । उनले ४५ वर्षसम्म पार्टीको अध्यक्ष रहेर काम गरे ।
नेपालको कानूनअनुसार आजीवन कारावास भनेको २० वर्षलाई मानिन्छ । सरकारी कर्मचारीको २० वर्ष काम गरेपछि पेन्सन पाक्छ । तर विभिन्न पार्टी र संघ/संस्थाको प्रमुख पदमा बसेकाहरूलाई भने २० वर्षले छोएको छैन । र, आजीवनको परिभाषा पनि फरक छ, उनीहरूको ।
हामीले आजीवन अध्यक्षहरूको यस लिष्टमा २० वर्ष पूरा गरेका र २० वर्ष कटाउने प्रयासमा रहेकाहरूलाई समावेश गरेका छौं ।
नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनाली पनि लामो समयदेखि पार्टी प्रमुखको रूपमा बसेका छन् । बिस. २०३५ मा मालेको प्रथम महासचिव बनेपछि उनी चार बर्षसम्म सोही पार्टीमा रहन सफल भए ।
मोहन विक्रम सिंह– ४६ वर्षदेखि महामन्त्री
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह लामो समयदेखि यस पार्टीको उच्च पदमा रहँदै आएका छन् । उनी २०७६ मा भएको पार्टीको आठौँ महाधिवेशनबाट पुनः पाँचौं पटक महामन्त्रीमा चुनिएका थिए । उनी २०३१ सालमा मसालको महामन्त्री बनेदेखि सोही पदमा निरन्तर रहँदै आएका छन् ।
मोहन विक्रमले पार्टीको नेतृत्व गरेको ४६ वर्ष पूरा भइसकेको छ । यस हिसाबले सबैभन्दा लामो समय पार्टीको प्रमुख पद सम्हाल्ने उनी पहिलो भएका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’– ३१ वर्षदेखि महामन्त्री र अध्यक्ष
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रमुखका रूपमा पेन्सन पकाएको धेरै बर्ष भयो । २०२८ सालमा पुष्पलाल समूहमा प्रवेश गरेका उनी २०४६ सालमा मशालको महामन्त्री (प्रमुख) बनेका थिए । २०५१ मा प्रचण्ड त्यसबाट छुट्टिएर नेकपा माओवादीमा समाहित भए । त्यहाँ पनि उनी महामन्त्री बने । त्यसपछि उनी २०६२–६३ को जनआन्दोलनपछि नेकपा माओवादीका अध्यक्ष बने ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता (२०७५) गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । त्यस पार्टीमा पनि उनी अध्यक्ष नै थिए । योसहित उनले पार्टीको अध्यक्षता गरेको ३१ वर्ष भइसकेको छ ।
रमाइलो त के छ भने ६६ वर्षे प्रचण्ड अझै लामो समय अध्यक्षको रूपमा काम गर्न सक्छु भनेर जोश देखाइरहेका छन् ।
डिल्ली बहादुर चौधरी– ३१ वर्षदेखि अध्यक्ष
ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) का अध्यक्ष डिल्ली बहादुर चौधरी लामो समयदेखि अध्यक्षमा निरन्तर छन् । उनले २०४६ बाट यो संस्थाको नेतृत्व गरिरहेका छन् । अर्थात् उनले यस संस्थाको अध्यक्ष बनेर काम गरेको ३१ वर्ष पूरा भइसकेको छ ।
अनुराधा कोईराला– २८ वर्षदेखि अध्यक्ष
माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला २०४९ देखि नै यस संस्थाको अध्यक्ष रहँदै आएकी छन् । अर्थात् उनले यो संस्थाको नेतृत्व गरेको २८ वर्ष पूरा भइसकेको छ ।
सीपी मैनाली– २३ वर्षदेखि महासचिव
नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनाली पनि लामो समयदेखि पार्टी प्रमुखको रूपमा बसेका छन् । बिस. २०३५ मा मालेको प्रथम महासचिव बनेपछि उनी चार बर्षसम्म सोही पार्टीमा रहन सफल भए । उनले २०३९ सम्म पार्टी चलाए ।
त्यसपछि २०५८ देखि पुनः माले पार्टीको महासचिव बनेका छन् । अर्थात् उनी सुरुमा चार बर्ष र पछिल्लो इनिङमा १९ वर्ष गरी २३ वर्ष पार्टी प्रमुख बनिसकेका छन् ।
आउँदो अधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिने उनी बताउँछन् । अबको नयाँ पुस्ता नेतृत्वका लागि सक्षम रहेको उनको निष्कर्ष छ ।
ऋषि धमला– २३ वर्षदेखि सभापति
रिपोर्ट्स क्लब नेपालको सभापति हुन् ऋषि धमला । क्लबको स्थापनापछि उनी नै अहिलेसम्म सभापति छन् । उनले यस संस्थामा सभापति बनेर काम गरेको २३ वर्ष पूरा भइसकेको छ । गत चैत्र १७ गते मात्रै रिपोर्ट्स क्लब नेपालले २३ औँ वार्षिकोत्सव मनाएको थियो ।
यति लामो समयसम्म एउटै संस्थाको प्रमुख पदमा बसिराख्न कसरी सम्भव भयो ? सभापति धमला भन्छन्, ‘यो सबै लिडरसीपको कुरा हो, जसले राम्रो नेतृत्व गर्न सक्छ, त्यो नै पदमा बस्न सक्छ । मैले धेरै पटक क्लबको नेतृत्व छोड्छु भनेको थिएँ । तर, साथीहरूले अर्को नेतृत्व गर्न सक्ने युवापुस्ता नआइसकेकोले केही समय बस् भनेर बसेको हुँ ।’
आउँदो अधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिने उनी बताउँछन् । अबको नयाँ पुस्ता नेतृत्वका लागि सक्षम रहेको उनको निष्कर्ष छ ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा पनि निरन्तर अध्यक्ष भइरहनेमा पर्छन् । त्यसैगरी नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि १३ वर्षदेखि अध्यक्ष छन् । उनी २०६४ मा आफैँले पार्टी स्थापना गरेर निर्वाचनमा भाग लिएका थिए ।
लामो समयदेखिका अन्य अध्यक्षहरू
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि डेढ दशकदेखि अध्यक्ष छन् । सन् २००५ मा सूर्य बहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी खोलेपछि २००६ मा ७ वटा पार्टी मिलाएर कमल थापा अध्यक्ष बनेका थिए ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पनि अध्यक्षको कार्यकाल सम्हालेको डेढ दशक भइसकेको छ । उनी यसअघि तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्ष थिए । त्यसपछि ६ मधेसवादी पार्टी मिलेर राष्ट्रिय जनता पार्टी बनेको थियो । त्यसमा पनि उनी नै अध्यक्ष बनेका थिए । अहिले जनता समाजवादी पार्टीमा पनि अध्यक्षकै रूपमा सक्रिय छन् ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा पनि निरन्तर अध्यक्ष भइरहनेमा पर्छन् । त्यसैगरी नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि १३ वर्षदेखि अध्यक्ष छन् । उनी २०६४ मा आफैँले पार्टी स्थापना गरेर निर्वाचनमा भाग लिएका थिए ।
लामो समयदेखि संघ/संस्थाको प्रमुख भएर बस्नेमा अभिभावक संघका अध्यक्ष सुप्रभात घिमिरे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नाम धेरै आउँथ्यो । उनीहरूले लामो समय संस्थाको प्रमुख भएर बिताए । घिमिरे केही अघि र श्रेष्ठले भर्खरै अध्यक्ष छाडेका छन् ।
लामो समय संस्थाको नेतृत्व गर्नेमा उपभोक्ता मञ्च नेपालका ज्योति बानियाँको नाम धेरै आउने गर्छ । त्यसैगरी खेलकुदसँग सम्बन्धित संघ–संस्थामा लामो समयदेखि प्रमुख भएर बस्नेहरूको लिष्ट लामो हुन सक्छ ।
संसार चिहाउने हो भने रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उनः लगातार सत्तामा बस्ने प्रमुख हुन् ।
आजीवन नेतृत्वमा किन ?
एक पटक नेतृत्वमा पुगेपछि नछोड्ने स्वभाव सायद मानवीय हो । अर्को हिसाबमा भन्ने हो भने सामन्ती संस्कारको उपज पनि हो, यस्तो स्वभाव ।
खासगरी तानाशाही व्यवहारका कारण लामो समय नेतृत्वमा बसिरहने रोग वा बाध्यता हुन्छ । संसार चिहाउने हो भने रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उनः लगातार सत्तामा बस्ने प्रमुख हुन् । त्यसैगरी राजसंस्था भएका दुई दर्जन जति देशलाई पनि यसैको अब्बल उदाहरण मान्न सकिन्छ ।