के हो सेक्स लत, कसरी पाउने छुटकारा ?
कुरा वा काम जतिसुकै राम्रो किन नहोस् । गर्दै जाँदा कहिले लतमा परिणत हुन्छ भन्न सकिँदैन । जसरी रक्सी, पैसा, जुवातासको लत लाग्छ, त्यसरी नै सेक्सको लत लाग्ने हुन्छ ।
मस्तिष्कमा केवल सेक्स, सेक्ससँग सम्बन्धित चिज पूरै समयसम्म चलिरहेमा बुझ्नुहोस् यो सेक्सको लत हो । लतबाट बच्न सकिएन भने डिप्रेसन हुने, नराम्रो भावना पैदा हुन्छ । बच्नका लागि यी तरिका अपनाउनुहोस् ।
आफू सेक्सको लत भएको स्वीकार गर्नुहोस्
कुनै पनि लतबाट बाहिर निस्कने पहिलो उपाय सत्यलाई स्वीकार गर्नु । सेक्सको लतमा पनि यही कुरा लागू हुन्छ ।
कारण पहिचान गर्नुहोस्
कुनै पनि लत लाग्नु कारण हुन्छ । आफूलाई के करणले सेक्सको लत लागेको पहिचान गर्नुहोस् । समाधानको बाटो खोज्नुहोस् ।
मस्तिष्कलाई व्यस्त राख्न प्रयास गर्नुहोस्
सेक्सबाहेक आफूलाई मनपर्ने कार्य गर्दा खुसी मिल्ने काममा समय बिताउनुहोस् । जस्तै, लेखन, गायन, पाककला, चित्रकला आदि । यस्ता गतिविधिहरूमा रमाउँदा मनमा सेक्ससम्बन्धी अनावश्यक विचार आउँदैन ।
चिकित्सकको सहयोग लिनुहोस्
सेक्सलाई लिएर आफूलाई निन्द्रा, खानपिन, पढाइ, काम लगायतका दैनिकीमा एकदमै असर गरेको महशुुस भएमा मनोचिकित्सक र मनोविद्को सहयोग लिन सक्नुहुनेछ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?