नेताले मत दिए,देशलाई मन पनि देलान ! (फोटो फिचर)
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मत दिएका छन् ।

काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मत दिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ स्थित श्री विद्यार्थी निकेतन मावि साकोठा भक्तपुर मतदान केन्द्रबाट मतदान गरे ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले गृहनगर भद्रपुर नगरपालिका– १० स्थित कलबलगुढी मतदान केन्द्रमा मतदान गरे ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनको काठमाडौं– ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरे ।

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गरिन ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जाको पशुपति मावि ’क’ केन्द्रबाट मतदान गरे ।

नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् ।

पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट, पूर्वसभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला विराटनगर–७ स्थित आदर्श मावि मतदान केन्द्र बाट मत दिए ।

कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि मतदान केन्द्रमा मतदान गरिन ।

कांग्रेसका नेता विमलेन्द्र निधि धनुषाको नगराइन माविको मतदान केन्द्रबाट मतदानधनगढी स्थित बासुदेवी माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरे ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बर्दिबासस्थित रजाबास केन्द्रमा मतदान गरेका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका–५ को मतदान केन्द्रमा मतदान गरेका छन् ।

लमजुङ क्व्होलासोथर गाउँपालिका– ९ गिलुङको वुद्धोदय माध्यमिक विद्यालयको मतदान केन्द्रबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मत हाले ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडकपुरमा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरिन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका–१ स्थित शमशेर मावि, जौजुवा केन्द्रबाट मतदान गरे ।

प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भगवती दिनानाथ मावि केन्द्र,खोटाङ पुगेर मतदान गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ की बुहारी तथा माओवादी नेतृ विना मगरले कञ्चनपुरको पुर्नबास नगरपालिका ३ स्थित गोर्खा आधारभूत मतदान केन्द्रमा गएर मतदान गरिन् ।कांग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले गृहनगर भद्रपुर नगरपालिका– १० स्थित कलबलगुढी मतदान केन्द्रमा मतदान गरे ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

बुटवल उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका प्रत्यासी खेलराज पाण्डे वडा नं ८ स्थित मतदान केन्द्रबाट आफ्नो मत दिए ।

कांग्रेसका तिलोत्तमा नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ मा रहेको मतदानस्थलमा मतदान गरे ।

विरगन्ज नगरपालिकाका लागि राप्रपाका मेयर उम्मेदवार गिरीश गिरीले वीरगन्ज–९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरे ।

भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर– १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

कांग्रेसबाट विराटनगर महानगरपालिकामा प्रमुख पदका प्रत्यासी नागेश कोइराला महानगरपालिकामा रहेका सरस्वती उच्च माविको मतदान केन्द्र मतदान गर्दै ।

एमालेका विराटनगर महानगरपालिकाका प्रमुख पदका प्रत्यासी सागर थापाले विराटनगर–४ कञ्चानवारीस्थित श्री आधारभूत विद्यालयमा मत प्रदान गरे ।

पोखरा महानगरपालिका लागि नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्ण थापाले पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित बिन्दवासिनी माध्यमिक विद्यालयको मतदात केन्द्रमा मतदान गरे ।

अटेरी अभियानका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार गणेश पौडेल पोखराको मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा मत दिए ।

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनले ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रबाट मत दिए ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुखका निवर्तमान एवं प्रत्यासी नगरप्रमख पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले थिमि दथुटोल मतदान केन्द्रमा मतदान गरे ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?