English

बराक ओबामाका चर्चित १० भनाई



बराक ओबामा प्रसिद्ध अमेरिकी राजनीतिज्ञ तथा पूर्व अमेरिकी राष्ट्रपति हुन् । साथै ओबामा अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति समेत हुन् । अमेरिकाको ४४ औँ राष्ट्रपति ओबामाको जन्म ४ अगस्ट सन् १९६१ मा भएको थियो । प्रस्तुत छ, उनका १० चर्चित भनाई ।

१. निन्दनीय शब्दहरु वा भाषणको विरुद्धमा दमन नभएर भाषणकै प्रयोग गर्नुपर्दछ ।

२. हिंसा र आतंकको कारण मानिसहरु नै हुन्, धर्म होइन ।

३. एक जना मानिसको आवाजले पूरै कोठाभरको माहोल परिवर्तन गर्न सक्दछ ।

४. जीवनको कुनै पनि मूल्यवान कुरा पाउन त्यति सहज छैन ।

५. प्रगतिको बाटो कहिल्यै पनि सिधा र सहज हुँदैन ।

६. हामीले भविष्यदेखि डराउने होइन, बरु त्यसलाई आकार दिने गर्नुपर्दछ ।

७. बच्चा जन्माउन सक्छु भन्दैमा तिमी पुरुष कहलिदैनौ, बच्चालाई हुर्काउन सके मात्र तिमी पुरुष हौ ।

८. खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन, हामीले पूरै खेल परिवर्तन गर्नुपर्दछ ।

९. प्रत्येक महिला स्वतन्त्र तरिकाले हिँड्न पाउनुपर्छ, प्रत्येक महिलालाई आदरका साथ व्यवहार गरिनुपर्छ ।

१०. यदि तिमीले धेरै मिहेनतले आफ्नो दायित्व पुरा गर्न सक्यौ भने तिमीले कसरी शुरु गर्यौ भन्ने कुराले केही असर गर्दैन र तिमी धेरै अगाडि बढ्न सक्छौ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार