जहाँका मानिस १५० वर्षसम्म जीवित रहन्छन् !
अनियमित जीवनशैलीका कारण संसारभरका अधिकांश मानिस शारीरिक समस्यासँग लडिरहेका छन् । तर पाकिस्तानको एक घाटी यी सबै समस्याबाट टाढा छ ।

पाकिस्तानको हुन्जा घाटीमा हुन्जा समुदायका मानिस शारीरिक रुपमा धेरै मजबुत हुन्छन्, उनीहरु अस्पताल गएको खबर सायदै सुनिन्छ । सबैभन्दा हैरान बनाउने कुरा त के छ भने, उनीहरुको औसत आयु १२० वर्षको हुन्छ । यो समुदायको अनौठा परम्पराको बारेमा केही पुस्तक समेत लेखिएको छ ।

नोम्याडिक वेबसाइटका अनुसार यो समुदायका महिला ६० देखि ९० वर्षको उमेरसम्म बिना कुनै समस्या गर्भवती हुन सक्छन् । यो समुदायकी महिलालाई संसारकै राम्री महिला पनि भनिन्छ । हुन्जा समुदायका महिला संसारमा सबैभन्दा राम्री मानिन्छन् । यो समुदायका मानिसलाई बुरुशी पनि भनिन्छ । उनीहरु बुरुशास्की भाषा बोल्दछन् ।

उनीहरु पाकिस्तानका अन्य मानिसहरुभन्दा धेरै शिक्षित रहेका छन् । त्यहाँको जनसंख्या ८५ हजार रहेको छ । यो समुदाय मुस्लिम धर्मावलम्बी हुन् । यो क्षेत्र पाकिस्तानको चर्चित पर्यटनस्थल मध्येको एक हो ।

त्यहाँको जीवनशैली नै लामो आयुको कारण हो । उनीहरु बिहानै पाँच बजे उठ्छन्, र साइकिल र गाडीको प्रयोग कमै गर्दछन् ।