English

चुनाव जित्ने जनप्रतिनिधिलाई बिजिली महराको आग्रह–‘हामीलाई गरिखान देउ’



महोत्तरीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनावी लामो प्रचारप्रसारपछि मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएसँगै मतदानको तयारीदेखि विभिन्न्न कारणले जिल्ला बाहिर रहेकाहरु गाउँँ फर्किरहेका छन् । यतिखेर चुनावी माहोलले गाउँँघरमा भिडभाड बढेको छ ।

तर, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरिरहेकाहरुलाई भने निर्वाचन महोलले छोएको छैन । मजदुरी तथा रोजीरोटीका लागि काम गर्नेहरुलाई भने पहिलेको जस्तै कामको नै चटारो छ ।

राजनीतिक माहोलभन्दा आफ्नै समस्याले थलिएकालाई बिहान बेलुका पेट पाल्ने चिन्ता छ । चिन्तित भएका मध्येका एक हुुन्, महोत्तरी बर्दिबास–१४ का बिजिली महरा ।

यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाई गर्न पनि पछि पर्दैनन् ।

पुराना, मक्किएका, च्यातिएका जुत्ता पालिस गरेर टिलिक्क टल्काउनु उनको दैनिकी पेसा हो । उनलाई चुनावी माहोलले अझै छोएको छैन ।



महरालाई अरूले फुरुंग्याएको र दया देखाएको पटक्कै मन पर्दैन । उनी भन्छन्, ‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाई गर्न पनि पछि पर्दैनन् ।’

भोट त दिन्छु । तर, कसलाई दिन्छ’, त्यहीबेला निर्णय गर्छु, चिनेजानेकोलाई दिनुपर्ला ।

महराले परिवारको भरणपोषण र छोराछोरीको शिक्षादीक्षाका लागि जुत्ता पालिसबाटै मनग्ये आम्दानी गर्छन् । जुत्ता टल्काएर उनले मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउँछन् । महरालाई आफ्नो काम र कमाइमा सन्तुष्टि छ् । कोही कसैले गिज्याए, होच्याए पनि आफ्नो काममा निरन्तर अगाडि बढिरहेका उनी भन्छन् ।

महरालाई नेताहरुको प्रलोभन र आश्वासनमा रत्तिभर पनि विश्वास छैन । ‘भोट त दिन्छु । तर, कसलाई दिन्छ’, त्यहीबेला निर्णय गर्छु, चिनेजानेकोलाई दिनुपर्ला,’ उनले भने ।

नेताहरु सामाजिक परिवर्तनको नारा बोकेर निर्वाचनमा होमिएका छन् । तर, महराले देखेको समाजको चेतनास्तर जस्ताको तस्तै छ ।

महराका चार छोरा र एक छोरी छन् । कान्छो छोरा सुनिल सेठ्ठी महरा कक्षा १२ अध्ययनरत छन् । माइलो र साइँलोले बाबुको बिँडो थामेका छन् । एउटी छोरीको बिहे भइसक्यो ।

महराजस्तै अरु महराहरू पनि दिनभरि सडक कुनामा बस्छन् । कहिलेकाहीँ नगरबाट आएको नगर प्रहरीले बाटामा किन बसेको भन्दै दुःख दिने गरेको उनीहरूको सामूहिक गुनासो छ ।

फुटपाथमा व्यापार गर्नेलाई स्थानीय सरकारले भेदभाव गर्ने र सटर लिएर भाडामा बस्नेलाइ काखी च्यापेको देख्दा दुःख लाग्ने महरा सुनाउँछन् । फुटपाथबाटै रोजीरोटी चलेकाले नगरले नै व्यवस्थापन गरिदिए गरिखान सहज हुने उनको बुझाइ छ ।

‘बर्दिबासका मुख्य सडक छेउको एउटा सटर भाडामा २० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । २० हजार रुपैयाँ मासिक कमाउनेले कसरी भाडा तिर्नु ?’ महराको प्रतिप्रश्न छ । भन्छन,‘हामीलाई काम गरेर खान दिने पो जनप्रतिनिधि,नत्र के को जनप्रतिनिधि ?’

यो पनि…
नेपाल निर्वाचनः मध्यरातदेखि मौन अवधि सुरु– के गर्न पाइन्छ, के गर्न पाइँदैन
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।