English

सुत्नु अगाडी हरेक जोडीले यी काम गर्न नछुटाउनुहोस्



हरेक जोडीले बेडरुममा पनि केही कुराको विशेष ध्यान दिनुपर्छ । कतिपय अनजानमा भएको गल्तीले सम्बन्धमाथि ठुलै असर पर्न सक्छ । त्यसैले हरेक जोडीले सुत्नु अगाडी यी कामहरु गर्न नछुटाउनुहोस् ।

–सुत्नुभन्दा अगाडी हातमा मोबाइल लिने बानी छ भने हटाईहाल्नुस । सकेसम्म बेडरुममा टिभी नराख्दा राम्रो । सक्नुहुन्छ भने म्युजिक प्लेयर राख्नुहोस् र मधुर आवाजका साथ मजा लिनुहोस् । सुत्नुभन्दा पहिलेको समय ल्यापटप, टिभी र मोबाइलमा बिताउनुभन्दा आफ्नो जीवनसाथीसँग समय बिताएमा सम्बन्ध राम्रो हुन्छ ।

–धेरै बेरसम्म एक–आपसमा कुराकानी गर्नुहोस् । फरक–फरक तरिकाले माया दर्साउनुहोस् । छोएर, तारिफ गरेर अथवा मनका भावना साटेर प्रेम अभिव्यक्त गर्नुहोस् ।

–यदि दुवै जनाको सुत्ने समय अलग–अलग भएमा सबैभन्दा पहिले यो बानी सुधार्नुहोस् । तपाईँहरू दुवै जना सँगै सुत्न कोसिस गर्नुहोस् । यस्तो नहोस् कि एउटा निदाउने अर्को काममा व्यस्त हुने ।

–तपाई आफ्नो जीवनसाथीलाई सुत्नु पूर्व गुड नाइट किस दिन नभुल्नुहोला । यी कुराहरूले तपाईँको जीवनलाई सकारात्मक बाटोतर्फ डोर्याउन बल पुर्याउँछ ।

–एकले अर्कालाई पुरै ध्यान दिनुहोस् र तारिफ गर्नुहोस् । सानो–सानो प्रशंसा नै जीवनसाथीलाई एकदम खुसी बनाउने छ । सुत्नु अगाडी आफू उनको लागि महत्वपूर्ण भएको महशुस गराउनुहोस् । यस्ता कुराहरु सकेसम्म दिनहुँ गरेमा एक–अर्काप्रति विश्वास बढ्नेछ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले