English

सगरमाथाको चुचुरोमा ‘हिउँ चितुवा’ बाजेलाई नातिको समर्पण



‘हिउँ चितुवा’ उपनामले विश्वविख्यात पर्वतारोही स्वर्गीय आङरिता शेर्पाका नाति तेन्जिङ्ग जाङ्बु शेर्पाले सगरमाथाको शिखर चुमेका छन् । बिना कुनै कृत्रिम अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका विश्व किर्तिमानी आरोही आफ्ना हजुरबुवाप्रति समर्पित गर्दै २३ वर्षिय तेन्जिङ्गले यो आरोहण तय गरेका हुन् ।

‘हामी शेर्पा समुदायको परम्पराअनुसार दिवंगत आत्माको चिरशान्तिका निम्ति गुम्बामा घेवा गर्ने चलन छ । मेरो हजुरबुवाले आफ्नो जीउज्यानले साथ दिएसम्म सम्पूर्ण जीवन नै हिमाल आरोहणमा समर्पण गर्नुभयो । वहाँको निम्ति हिमाल नै पवित्र गुम्बा थियो र चोमोलुङ्मा नै देवी । त्यहि पवित्र गुम्बा सगरमाथामा पुगेर म वहाँको घेवा गर्दैछु’ सगरमाथा आधारशिविरसँगको सम्पर्कमा उनले भावविह्वल हुँदै बताए ।

मेरो हजुरबुवाकै बाटो पछ्याएर मेरो ठूलो बुवा, बुवा,काकाहरु आरोहणमा लाग्नुभयो । एक आरोहीलाई आरोहणबाटै सम्मान गर्नुपर्छ भन्ने ठानेर सगरमाथा चढ्ने निधो गरेको हुँ ।

त्यसै गरी तेन्जिङका पथप्रदर्शक रहेका विश्व किर्तिमानी आरोही तथा ‘वि विल राइज फाउन्डेसन’का सद्भावना राजदूत फुर्वा तेन्जिङ शेर्पाले १५ औं सफल सगरमाथा आरोहण गरेका छन् । उनकै नेतृत्वमा दोलखाको रोल्वालिङमा हिमाल आरोहण तालिम गरेका तेन्जिङले मे ९ मा सगरमाथा आधारशिविरबाट शिखरको यात्रा आरम्भ गरेका थिए । आधारशिविर व्यवस्थापक फुजुङ लामाका अनुसार उनीहरु बिहिबार बिहान ९.३० बजे सगरमागाको शिखरमा पुगेका हुन् ।

कृत्रिम अक्सिजन प्रयोग नगरी हिउँद याममा पहिलो सफल आरोहण गरेका कालजयी पर्वतारोही आङरिता शेर्पाले कञ्जनजँघा, धौलागिरी, चोयुलगायतका हिमालहरु पनि बिना कृत्रिम अक्सिजन आरोहण गरेका थिए । उनको यस अद्वितीय प्रतिभाको उच्च कदर गर्दै नेपाल सरकारले गोरखा दक्षिणबाहु र त्रिशक्ति पट्टले सम्मान गरेको थियो । आफ्ना हजुरबुवाको देहावसानपछि अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका तेन्जिङ नेपाल फर्केका थिए ।

‘त्यतिबेला मेरो हजुरबुवाको नाम, काम र प्रतिष्ठालाई एक नातिका हैसियतले कसरी अघि बढाउन सक्छ भन्ने मनमा खेलिरह्यो । जब म मेरो मामाघर रोल्वालिङ गाउँ हुँदै टासिलाप्चा पास तय गरेर मेरो जन्मघर हिलाजुङ सोलुखुम्बु गएर सगरमाथा आधारशिविर पनि पुगें, मैले मेरा हजुरबुवाका थुप्रै रोमाञ्चक आरोहणका कथाहरु सुन्न पाएँ’ तेन्जिङ मेरोलाइफस्टाइलसँग भन्दै थिए,‘मेरो हजुरबुवाकै बाटो पछ्याएर मेरो ठूलो बुवा, बुवा,काकाहरु आरोहणमा लाग्नुभयो । एक आरोहीलाई आरोहणबाटै सम्मान गर्नुपर्छ भन्ने ठानेर सगरमाथा चढ्ने निधो गरेको हुँ ।’

ड्रिमर्स डेस्टिनेउसन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले व्यवस्थापन गरेको यस आरोहणपछि आरोहणलाई नै निरन्तरता दिने र हजुरबुवासँग सम्बन्धित संग्रहालय निर्माण गर्ने योजना रहेको तेन्जिङ सुनाउँछन् ।

फुर्वा तेन्जिङ शेर्पा र तेन्जिङ्ग जाङ्बु शेर्पा

भिडियो :

यो पनि …
बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ
३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०