English

शनिबार र आइतबार विद्यालय बन्द गर्नू : शिक्षा मन्त्रालय (पत्रसहित)



सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

‘आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य विदाबाट कटाइ पूर्ति गर्ने, यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने र विद्यालयहरुले यसैअनुसार वार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने,’ देशभरका स्थानीय तह र विद्यालयलाई बोधार्थरकार्यार्थ गरी निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रको पूर्णपाठ

विषयः सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ (सबै)

प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) को च. नं. ३८३ मिति २०७९/०१/२७ को प्राप्त पत्रबाट नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७१/०१/१३ मा परीक्षणको रुपमा मिति २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएकाले र सो निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा विदा सम्बन्धी निर्णय कार्यान्वयनमा एकरुपता कायम गर्न समेत देहाय बमोजिम हुने गरी गर्न गराउन मिति २०७९/०१/२७ (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार लेखी आएकाले देहाय अनुसार गर्नका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्नु हुन निर्देशानुसार अनुरोध छ ।

तपसिल

– विद्यालयहरुले साविक बमोजिम नै विहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने ।

– शुक्रबार दिनको १ः०० बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ः०० बजेसम्म पठनपाठन सञ्चालन गर्ने गराउने ।

–राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठ्यघन्टा र कार्यघन्टामा नघट्ने गरि पठनपाठनका कार्यहरु सञ्चालन गर्नका लागि आइतवार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा बर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने । यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिन सम्म एकैपटक वा पटक पटक गरेर विदा दिन सकिने गरी स्थानीय तहले विदा समायोजन गर्ने ।

– विद्यालयहरुले यसै अनुसार बार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने ।

बाधार्थ/कार्यार्थ श्री स्थानीय तह (सबै) श्री विद्यालयहरु (सबै)

रामचन्द्र शर्मा
निर्देशक

यो पनि…
आफ्नै थलोमा बाबुरामलाई अपठ्यारो
चुनाव जिताउन ठूला नेतालाई आफ्नै ठाउँमा कठिन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।