English

नेपाल निर्वाचनः मध्यरातदेखि मौन अवधि सुरु– के गर्न पाइन्छ, के गर्न पाइँदैन



मतदानको समय नजिकिँदै जाँदा मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो । यो अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउँदैनन् ।

त्यस्तै, राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने हुन्छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन ।

सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न पनि रोक लगाइएको छ ।

योसँगै अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द गरिएको छ । शुक्रबार अर्थात् मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । तर, उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ ।

यो पनि…
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )
काठमाडौं महानगरपालिका : स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा



सम्बन्धित खबरहरु

नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै

जेनजी युवा पुस्ताद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि

भाद्र २९, नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested