यसकारण नेत्रधाम विश्वासिलो बन्यो (भिडियो पनि)
दक्ष चिकित्सक तथा अत्याधुनिक उपकरणसहित ललितपुरस्थित कुपण्डोलमा रहेको नेत्रधाम आँखा उपचार केन्द्र आँखामा देखिएका समस्या निराकरणका लागि उपचारको धाम बनेको छ । यस केन्द्रमा मधुमेहका बिरामी, बालबालिका, वृद्ध लगायत सबै उमेर समूहका मानिसहरुको आँखा उपचार गरिन्छ । केन्द्रले विगत ९ वर्षदेखि आँखा सम्बन्धी समस्याको उपचार सेवा दिँदै आएको छ ।
जल विन्दु, मोती विन्दु, दृष्टि पर्दा, रेटिना तथा अकुलो प्लास्टी लगायतका उपचार सेवा दिने गरेको नेत्र विशेषज्ञ तथा केन्द्रका प्रवन्ध निर्देशक डा. संयम बजिमय बताउँछन् ।

उनका अनुसार कुनै पनि इन्जेक्सन प्रयोग नगरी मोती बिन्दुको अप्रेसन गरिन्छ । मोतिबिन्दु बढ्दो उमेरसँग आँखाको लेन्समा देखिने एउटा परिवर्तन हो । जहाँ लेन्स अपारदर्शी भएर दृष्टि पर्दासम्म पुग्ने प्रकाशको किरणलाइ बाहिर नै रोक्ने गर्दछ । नेत्रधाममा मोतिबिन्दु फेकोइमल्सिफिकेसन मेसिनबाट गरिन्छ तथा जर्मनी र अमेरिकन प्रिलोदेद इन्ट्राअकुलर लेन्स प्रत्यारोपण गरिन्छ। समयमै उपचार गरे मोतिबिन्दु र जलबिन्दुबाट आँखामा हुनसक्ने अन्धोपनबाट बच्न सकिने डा.बजिमय बताउँछन् ।

मधुमेह भएका बिरामीले आँखाको समस्याबाट बच्नको लागि नियमित रूपमा आँखा जाँच गर्नु एकदमै आवश्यक छ ।
केन्द्रमा भिजुवल फिल्ड टेस्ट तथा अप्टिक नर्भ स्क्यान पनि गरिन्छ । जलविन्दु भएका बिरामीको दृष्टि नसामा कतिको असर भएको छ भनेर हेर्नका लागि भिजुअल फिल्ड टेस्ट गरिन्छ । यसबाट न्युरोलोजिकल रोग पनि पत्ता लगाउन सकिन्छ ।

नेत्रधाममा बालबालिकाको आँखा उपचार गर्ने विशेषज्ञ चिकित्सकहरु पनि छन् । साथै मधुमेहका बिरामीका आँखामा समस्या आइपरेमा पनि यहाँ उपचार गरिन्छ । ‘मधुमेह भएका बिरामीले आँखाको समस्याबाट बच्नको लागि नियमित रूपमा आँखा जाँच गर्नु एकदमै आवश्यक छ,’सल्लाह दिँदै बजिमयले भने ।

यहाँ उपचार गराउनु भएका बिरामी खुसी हुनुहुन्छ, हालसम्म कसैको गुनासो सुनेको छैन । हाम्रो टिम वर्क राम्रो छ, जसले गर्दा गुणस्तरीय उपचार सेवा दिन सकेका छौँ ।
हालसम्म यहाँबाट उपचार लिएका बिरामी सन्तुष्ट रहेको उनको भनाई छ । ‘यहाँ उपचार गराउनु भएका बिरामी खुसी हुनुहुन्छ, हालसम्म कसैको गुनासो सुनेको छैन,’ उनले सुनाए, ‘हाम्रो टिम वर्क राम्रो छ, जसले गर्दा गुणस्तरीय उपचार सेवा दिन सकेका छौँ ।’

केन्द्रले विद्यालय तथा नगरपालिकासँग समन्वय गरी आँखा सम्बन्धी शिविर पनि सञ्चालनको थालनी गरिसकेको छ । यसलाई निरन्तरता दिएर आँखासम्बन्धी सचेतना जगाउँदै जाने केन्द्रको योजना रहेको डा.बजिमय बताउँछन् ।
केन्द्रले आँखाको उपचारमामात्र होइन आँखालाई जोगाउन सचेतना पनि छर्र्दैछ । किनकी, आँखाको रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्घिमत्तापूर्ण कार्य हो तथा ‘यो सुन्दर संसार हेर्नकालागि आफ्नो दृष्टी जोगाउनु नै समझदारी हो ।’





यो पनि…
रुनु स्वास्थ्यका लागि राम्रो, जान्नुहोस् यसका ६ फाइदा
दूधमा घ्यू मिसाएर पिउँदा के हुन्छ ?