English

कास्कीको चुनाव इतिहास: सँधै फरक नतिजा



कास्कीमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन । २०४८ देखि अहिलेसम्म प्रदेश, प्रतिनिधिसभादेखि स्थानीय तहको चुनावसमेत हरेक पटक फरक नतिजा आएको छ ।

२०४९ मा कांग्रेसले चुनाव जितेको यहाँ २०५४ मा एमाले विजयी भयो । तर, अल्पमतमा । कांग्रेसका वडाध्यक्ष बहुमतमा थिए । २० वर्षपछि भएको बहुमतसहित एमालेले चुनाव जित्यो ।

प्रतिनिधिसभाको चुनाव हेर्दा २०४८ मा कांग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि कांग्रेस, २०६४ मा माओवादी, २०७० मा कांग्रेस–एमाले र २०७४ मा एमाले–माओवादी बढी विजयी भएको रेकर्ड छ ।

२०४८ सालमा क्षेत्र नम्बर १ बाट कांग्रेसका तारानाथ रानाभाट एमाले उम्मेदवार खगराज अधिकारीलाई १ हजार ७ सय ३३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । रानाभाटले २० हजार ४ सय १६ मत ल्याउँदा अधिकारीको १८ हजार ६ सय ८३ मत थियो ।

क्षेत्र नम्बर २ मा एमालेका तुलबहादुर गुरुङ कांग्रेसका शुक्रराज शर्मालाई २ हजार ७ सय २३ मतान्तरले पराजित गरी निर्वाचन जितेका थिए । गुरुङले २० हजार ३४ मत पाउँदा शर्माको २१ हजार ३ सय ११ मत रह्यो । क्षेत्र नम्बर ३ मा एमालेकै सोमनाथ अधिकारीले १ हजार ५ सय ६५ मतान्तर सहित कांग्रेसका महादेव गुरुङलाई हराए । अधिकारीले १७ हजार ८ सय १८ मत पाउँदा गुरुङले १६ शजार २ सय ५३ मत मात्रै पाए ।

तत्कालीन समयमा क्षेत्र नम्बर १ मा खसेको ४१ हजार ९ सय ८० मतमध्य १ हजार १ सय १३ मत बदर भएको थियो भने २ नम्बरमा ४९ हजार १ सय २९ मत खसेकोमा १ हजार १ सय ८३ मत बदर भएको थियो । क्षेत्र नम्बर ३ मा भने ३८ हजार ०७८ मत खस्दा १ हजार २ सय ९१ मत बदर भएको थियो ।

२०५१ मा ठ्याक्कै विपरित नतिजा थियो । कांग्रेसले जितेको ठाउँमा एमाले र एमालेले जितेको ठाउँमा कांग्रेस विजयी भयो । क्षेत्र नम्बर १ मा बहालवाला सांसद तारानाथ रानाभाटलाई १ हजार २ सय ५१ मतान्तरले पराजित गरी पूर्वप्रतिस्पर्धी खगराज अधिकारी विजयी भए । क्षेत्र नम्बर २ मा भने एमालेकै तुलबहादुर विजयी हुँदा शुक्रराज अझै फराकिलो मतले हारे । क्षेत्र नम्बर ३ मा कांग्रेसका कृष्णबहादुर गुरुङले बहालवाला सांसद सोमनाथ अधिकारीलाई १ सय ४९ मतान्तरले हराए ।

२०५६ को चुनावमा तीनवटै क्षेत्र कांग्रेसले लपेटेको थियो । क्षेत्र नम्बर १ मा तारानाथ रानाभाटले एमालेका खगराज अधिकारीलाई ३ हजार ८ सय ३ मतान्तरले हराउँदा २ नम्बर क्षेत्रमा कांग्रेसका महादेवले एमालेका तुलबहादुरलाई सर्वाधिक ४ हजार ३ सय १७ मतान्तरले हराइदिए । क्षेत्र नम्बर ३ मा कांग्रेसका प्रकाश गुरुङ २ हजार ६ सय ४८ मतान्तर सहित विजयी हुँदा एमालेका सोमनाथ दोश्रो पटक पराजित भए ।

२०६४ को संविधानसभा निर्वाचनमा ४ वटा क्षेत्र कायम गरिएको थियो । क्षेत्र नम्बर १ मा माओवादीका देव गुरुङले २ हजार ५ सय २३ मतान्तरले एमाले उम्मेदवार खगराज अधिकारीलाई नै हराए । तेस्रोमा रहेका कांग्रेसका यज्ञबहादुर थापाले खगराजको भन्दा ५९३ मत कम ल्याए ।

क्षेत्र नम्बर २ मा माओवादीका राजकाजी गुरुङले ४ हजार ८९ मतान्तरसहित कांग्रेसकी शारदा पौडेललाई हराए । तेस्रोमा रहेकी एमालेकी गजकुमारी गुरुङले शारदाको भन्दा १ सय ६ मत कम पाइन् । क्षेत्र नम्बर ३ मा अप्रत्यासित रुपमा एमाले उम्मेदवार रवीन्द्र अधिकारी विजयी भए ।

माओवादीका झलकपाणी तिवारीलाई २ हजार ४ सय ६० मतान्तरले हराएका हुन् । तेस्रोमा कांग्रेसकी बृन्दा राना तिवारीभन्दा १ हजार ८ सय ८५ मतान्तरले पपछि परिन् । क्षेत्र नम्बर ४ मा पनि माओवादीकी दुर्गा विक एमालेकी सीता गिरीलाई ४ सय ३८ मतान्तरले हराएकी थिईन् । कांग्रेसका प्रकाश गुरुङ गिरी भन्दा १ हजार ५ सय ३७ मत पछि परे ।

संविधानसभा निर्वाचन २०७० मा माओवादी क्लिन स्वीप भयो । त्यतिमात्रै होइन, माओवादी यो चुनावबाट निकै कमजोर भयो । क्षेत्र नम्बर १ मा कांग्रेसका यज्ञबहादुर थापा २ सय ७२ मतान्तरले विजयी हुँदा एमालेका मानबहादुर जिसी (हालका मेयर) पराजित भए । तेस्रो बनेको माओवादीका विष्णु पौडेलले जिसीको भन्दा ९ हजार ८५ मत कम ल्याए ।

क्षेत्र नम्बर २ मा पनि कांग्रेसकी शारदा पौडेल विजयी हुँदा अहिले मेयरका प्रत्यासी कृष्ण थापा ३ सय ४४ मतले पछि परे । तेस्रो बनेका बखानसिंह तमुले थापाको भन्दा ५ हजार ७ सय १३ मत कम पाए । क्षेत्र नम्बर ३ मा एमालेका रवीन्द्र अधिकारी दोस्रो पटक भारी मतान्तरले विजयी भए । उनले कांग्रेसका शोभियत अधिकारीलाई २ हजार ३ सय २ मतान्तरले हराएका थिए ।

तेस्रो बनेका हालका प्रदेश अर्थमन्त्री रामजी बरालले शोभियतको भन्दा ६ हजार ३ सय ७७ मत कम ल्याए । क्षेत्र नम्बर ४ मा एमालेकी सीता गिरीले कांग्रेसका महादेव गुरुङलाई पराजित गरेकी थिइन् । उनले २ हजार २ सय ९१ मतान्तरले हराउँदा तेस्रो बनेका माओवादी उम्मेदवार गुप्तबहादुर हमालले गुरुङको भन्दा ५ हजार ९ सय ६४ मत कम पाए ।

माओवादी २०७४ मा झन् कमजोर बन्यो । एमालेसँग मिलेर दुईवटा प्रदेशसभा चुनाव जितेको माओवादीले ७० को मत समेत जोगाउन सकेको छैन । २०७४ मा प्रतिनिसभा तर्फ कांग्रेस क्लिन स्वीप भयो भने प्रदेशसभामा एउटा सीट मात्रै जित्न सक्यो ।

जिल्लामा ३ वटै प्रतिनिधिसभा सदस्य एमालेका छन् भने प्रदेशसभामा ३ वटा एमाले, २ वटा माओवादी र एउटा कांग्रेसले जितेका छन् । अहिले माओवादी र एमालेको गठबन्धन छैन ।

स्थानीय चुनाव हेर्दा पनि सँधै एकैखालको नतिजा देखिँदैन । २०४९ सालमा मेयर र उपमेयर कांग्रेसले जितेको तत्कालीन पोखरा नगरपालिकामा त्यसको ५ वर्षपछि नतिजा उल्टो आयो । मेयर र उपमेयर दुवै एमालेले जिते । २०४९ मा कांग्रेसका भोला थापा मेयर र नरेशशंकर पालिखे उपमेयर बने ।

१८ वडामध्ये ११ वटामा कांग्रेस र ६ वटा एमाले तथा एउटामा राप्रपा विजयी भएको थियो । ०५४ मा एमालेका कृष्ण थापा (हालका मेयर प्रत्यासी) मेयरमा जिते भने एमालेकै मानबहादुर गुरुङ उपमेयरमा जिते ।

तर, १८ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो भने एमालेले ७ वटा वडा मात्रै जितेको थियो । २ वडामा राप्रपा विजयी भएको थियो ।

२०७४ को स्थानीय चुनावमा मेयर उपमेयर सहित बहुमत वडा एमालेले जितेको थियो । ३३ वडा रहेको यहाँ २२ वटा एमालेले जित्यो भने ११ वटा कांग्रेस जितेको थियो । एउटा तथ्य चाहिँ के नयाँ आएको छ भने, पछिल्ला निर्वाचनमा एमालेको मतान्तर निकै बढिरहेको छ । अहिले यहाँ पूर्वएमाले र वर्तमान एमालेका उम्मेद्वारबीच मेयरमा प्रतिश्पर्धा छ । कसको पक्षमा माहोल बन्छ भन्ने अझै निधो भएको छैन । दुवै पक्षले आफुले चुनाव जित्ने दावी गरिरहेका छन् ।

यो पनि…
आफ्नै थलोमा बाबुरामलाई अपठ्यारो
चुनाव जिताउन ठूला नेतालाई आफ्नै ठाउँमा कठिन



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested