English

कांग्रेसमा घर झगडा : देउवाप्रति कोइराला–निधि असन्तुष्ट



नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा कांग्रेसभित्रै कलह उत्पन्न भएको छ ।

संस्थापनइतर पक्षका नेता डा. शशांक कोइराला, निवर्तमान उपसभापति विमलेन्द्र निधिलगायत नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सन्तुष्ट देखिएका छैनन् ।

निर्वाचन आउन चार दिन बाँकी छँदासम्म डा. कोइराला गठबन्धन दलका उम्मेदवारहरूलाई खुलेरै मत मागिरहेका छैनन् ।

कोइरालानिकट एक नेताका अनुसार संस्थापन (देउवा) पक्षले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा एक्लौटी गरेको छ । त्यसप्रति कोइरालाले असन्तुष्टि जनाउँदै आएका हुन् ।

अहिले दुःखका भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताप्रति समान रूपले न्याय गर्न सक्नु भएन ।

हुन पनि कोइरालाले गठबन्धन दलहरूबीच तालमेल भएर ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता लगत्तै भनेका भनेका थिए, ‘अहिले दुःखका भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताप्रति समान रूपले न्याय गर्न सक्नु भएन ।’

डा.कोइराला निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेलमा अरुची राख्ने नेता हुन् । कम्युनिस्ट पार्टीहरू टुटफुटको स्थितिमा रहेको भन्दै तालमेल नगरी निर्वाचनमा जाँदा कांग्रेस पहिलो हुने उनको तर्क थियो ।

तर, १४ चैतमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा बहुमतले तालमेल गरेर निर्वाचनमा जाने निर्णय पारित गरेको थियो । त्यसप्रति पनि उनको असन्तुष्टि रहँदै आएको छ । उनले विज्ञप्ति जारी गरेर उनले सभापति देउवाविरुद्ध पार्टीमा लडिरहने बताउदै आएकाछन् ।

हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर, पनि हामी लड्छौं ।

‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर, पनि हामी लड्छौं’, उनको भनाइ थियो । कोइराला मात्र होइन, निवर्तमान उपसभापति विमलेन्द्र निधि पनि देउवाप्रति सन्तुष्ट छैनन् । पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले चुनावी सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा आफूलाई नराखेको भन्दै उनी असन्तुष्ट भएका हुन् ।

त्यही भएर उनले मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकामा आयोजित गठबन्धनको चुनावी सभा बहिस्कार गरे । जुन सभालाई सम्बोधन गर्न पार्टी सभापति देउवालगायत गठबन्धन दलका शीर्ष नेताहरू पुगेका थिए ।

निधि आफू निकट मनोजकुमार साहलाई उक्त उपमहानगरपालिकाको प्रमुख बनाउन चाहन्थे । तर, तत्कालीन राष्ट्रिय जनता पार्टी र हाल जनता समाजवादी पार्टीमा रहेका उपमहानगरपालिका पूर्वप्रमुख लालकिशोर साहलाई प्रमुख बनाउनेगरी देउवाले भागबन्डा गरेपछि निधि रुष्ट थिए ।

सोही कारण पार्टीको तर्फबाट उपमहानगरपालिकाको सभापतिसमेत रहेका साहले १० वैशाखमा राजीनामा दिएर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिए ।

साहको स्वतन्त्र उम्मेदवारी निधिकै कारण परेको चर्चा छ । तर, साहले भने निकट भएकै कारण निधिले आफूलाई समर्थन गरेको भन्न नसुहाउने दावी गर्छन ।

जायज सवाल सम्बोधन हुन्छ । कतिपय सम्बोधन गर्न चाहँदा चाहँदै पनि प्राविधिक रूपमा हुँदैन । अहिले त्यस्तै भएको हो । र, केही नेताले असन्तुष्टि जनाउनु भएको होला । यसलाई स्वाभाविक मान्नुपर्छ ।

यसरी एकातिर जनकपुर उपमहानगरपालिका गठबन्धन दलहरूबीच तालमेल हुँदा कांग्रेसले नपाउनु र अर्कोतिर आफ्नो राजनीति सिध्याउन देउवाले मधेसबाट नेता महेन्द्र यादवलाई अघि सारेको रूपमा निधिले बुझेको बताइन्छ ।

तर, देउवानिकट सहमहामन्त्री भीष्मराज आङ्दम्बे पार्टीभित्र नेताहरूबाट सन्तुष्टि–असन्तुष्टि व्यक्त भइरहने बताउँछन् । यसलाई अस्वाभाविक मान्न नहुने उनको भनाइ छ ।

‘जायज सवाल सम्बोधन हुन्छ । कतिपय सम्बोधन गर्न चाहँदा चाहँदै पनि प्राविधिक रूपमा हुँदैन । अहिले त्यस्तै भएको हो । र, केही नेताले असन्तुष्टि जनाउनु भएको होला । यसलाई स्वाभाविक मान्नुपर्छ’, आङ्दम्बेले बताए ।

यो पनि…
आफ्नै थलोमा बाबुरामलाई अपठ्यारो
चुनाव जिताउन ठूला नेतालाई आफ्नै ठाउँमा कठिन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।