English

निफमा तीन नेपाली चलचित्रले प्रतिस्पर्धा गर्ने



नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष तीन वटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

महोत्सवका लागि नेपाली चलचित्र लाटोकोसेरो, सरिता ११ वर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको निफको यो चौथो संस्करणको महोत्सवको लागि ५२ देशबाट ४५० चलचित्र प्राप्त भएको थियो ।

आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्र मध्येबाट ३१ देशका ६६ चलचित्र प्रतिस्पर्धाका छनोट गरिएको छ । कार्यक्रम आगामी २०७८ वैशाख २३–२७ मा काठमाडौंमा हुनेछ ।

छनोट भएका चलचित्र मध्येबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा उत्कृष्ट चलचित्रको लागि एक लाख नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछ । यिनै चलचित्रबाट उत्कृष्ट निर्देशक, लेखक, छाँयाकार, अभिनेता, अभिनेत्री ट्रफी पनि पाउने छन् । उत्कृष्ट सर्ट फिल्मले पनि ५० हजार प्राप्त गर्नेछ ।

यसैगरी सर्वोकृष्ट वृत्तचित्रलाई १ हजार डलर तथा माउन्ट एभरेष्ट अवार्ड, सर्वोकृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोकृष्ट लघुचलचित्रलाई ५ सय डलर तथा वागमती अवार्ड प्रदान गरिने प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ ।

विश्वको कथाहरूको उत्सव भन्ने नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्धेश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराई अवार्ड वितरण गरिने निर्णय पनि गरिएको छ ।



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested