English

स्थानीय तहको नेतृत्वमा अधिकांश युवा



वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा युवाहरुले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ । निर्वाचन आयोगको तथ्याङ्कले निर्वाचनपछि ठूलो संख्यामा युवाहरु स्थानीय तहको नेतृत्वदायी भूमिकामा पुग्ने स्पष्ट देखाएको छ ।

आयोगको पछिल्लो तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमा हुने निर्वाचनमा विभिन्न पदमा १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय निर्वाचन मार्फत ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

आयोगका अनुसार यस पटकको स्थानीय निर्वाचनमा उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ जना रहेका छन् । यस्तै ३६ देखि ५० वर्ष उमेर समूहका ६७ हजार १६२ छन् भने ५१ देखि ६५ वर्ष उमेर समूहका ३७ हजार ५४ जना । उम्मेदवारी दिनेमा ६५ वर्षभन्दा माथिका ५ हजार ५२७ जना रहेका छन् ।

कूल उम्मेदवारमध्ये २४.३२ प्रतिशत २१ देखि ३५ वर्षका, ४६.३१ प्रतिशत ३६ देखि ५० वर्षका, २५.५५ प्रतिशत ५१ देखि ६५ वर्षका र ३.८१ प्रतिशत ६५ वर्षभन्दा माथिका रहेका छन् ।

वैशाख ३० गते हुने निर्वाचनमा प्रमुख पदमा ३ हजार २३८ जनाको उम्मेदवारी परेको छ । तीमध्ये २१ देखि ३५ वर्षका ६८० जना, ३६ देखि ५१ वर्ष उमेरका १ हजार ४३२ जना, ५१ देखि ६५ वर्षका ९८१ जना र ६५ वर्षभन्दा माथिका १४५ जना रहेका छन् ।

अध्यक्ष पदमा ३ हजार ९२ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६२२ जना, ३६ देखि ५० वर्षका १ हजार ४७० जना, ५१ देखि ६५ वर्षका ८३६ र ६५ वर्षभन्दा माथिका १६४ जना रहेका छन् ।

उपप्रमुख पदमा १ हजार ९६४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ४९७ जना, ३६ देखि ५० वर्षका १ हजार २ जना, ५१ देखि ६५ वर्षका ४१५ जना र ६५ वर्षभन्दा माथिका ५० जना रहेका छन् ।

उपाध्यक्ष पदमा २ हजार १६३ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६८२ जना, ३६ देखि ५० वर्षका १ हजार ६७ जना, ५१ देखि ६५ वर्षका ३८४ जना र ६५ वर्षभन्दा माथिका ३० जना रहेका छन् ।

वडा अध्यक्षमा उठेका ३२ हजार ४९३ जनामध्ये २१ देखि ३५ वर्षका ६ हजार ५६३ जना, ३६ देखि ५० वर्षका १५ हजार २४८, ५१ देखि ६५ वर्षका ९ हजार ३४२ र ६५ वर्षभन्दा माथिका १ हजार ३४३ जना रहेका छन् ।

आयोगका अनुसार सदस्यमा ५३ हजार १७३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष ११ हजार ७३१ जना, ३६ देखि ५० वर्षका २२ हजार ९७३ जना, ५१ देखि ६५ वर्षका १५ हजार ७३१ र ६५ वर्षभन्दा माथिका २ हजार ७३८ जना रहेका छन् ।

महिला सदस्यमा ५३ हजार १७३ जनाले उम्मेदवारी दिएकोमा २१ देखि ३५ वर्षका ७ हजार २७९ जना , ३६ देखि ५० वर्षका १२ हजार ८२९ जना, ५१ देखि ६५ वर्षका ४ हजार ९७९ जना र ६५ वर्षभन्दा माथिका ५१२ जना रहेका छन् ।

यस्तै, दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ७ हजार २१३ जना, ३६ देखि ५० वर्षका ११ हजार १४१ जना, ५१ देखि ६५ वर्षका ४ हजार ३८६ जना र ६५ वर्षभन्दा माथिका ५४५ जना रहेका छन् ।

यो पनि…
‘सिंहदरबारमा हेपाहा प्रवृत्ति थियो तर, स्थानीय तहमा त्यो छैन’
स्थानीय तहमा महिला : संख्या कम, काममा अब्बल



सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested