English

‘मतदाताहरूले फेरी पनि भोट दिन्छौं भनिरहनु भएको छ’



वासुदेव थापा नेकपा एमालेबाट सूर्य विनायकमा नगरपालिकाको मेयरका लागि उम्मेदवार भएर घरदैलो अभियानमा छन् । यस अघि पनि निर्वाचित भइ एक कार्यकाल पूरा गरेका थापा दोस्रो कार्यकालको लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

सूर्य विनायक नगरपालिकामा सत्तारुढ गठबन्धनले साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसका उम्मेदवारलाई उतारेको छ ।

एकातिर सत्तारुढ गठबन्धन र एकातिर एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिरहेको समयमा थापासँग अघिल्लो कार्यकालमा गरेका काम र आगामी यात्राको विषयमा गरिएको कुराकानी :

अघिल्लो कार्यकालमा तपाइले गर्नुभएका उल्लेखनीय काम के के हुन् ?

उल्लेखनीय कामहरू भन्नु पर्दा स्वास्थ्य क्षेत्रमा नगर हस्पिटल र १० वटै वडामा स्वास्थ्य शाखा विस्तार भएका छन् । व्यवस्थित ढंगबाट हस्पिटल र शाखाहरू ल्याबसहित सञ्चालन भएका छन् । शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार व्यापक रुपमा भएको छ । ३७ वटा विद्यालयको नयाँ भवन बनाएका छौँ । गुणस्तरीय शिक्षा र अब्बल विद्यार्थी कसरी उत्पादन गर्ने भनेर लागिरहेका छौँ ।

कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा सूर्य विनायक नगरमा मात्र होइन देशैभर असर पर्यो । त्यसलाई विशेष गरी हेर्नु पर्नेछ । भौतिक रुपमा सूर्यविनायकका १० वडामा हामीले सरकारका विभिन्न निकायबाट १० अर्बभन्दा बढीका पूर्वाधार निर्माण गरेका छौँ । जस्तै सडक, प्रत्येक वडाका मुख्य मुख्य दुई तीन वटा सडक कालोपत्रे भइसकेका छन् । सबै सडक हामीले पिच हुनुपर्छ भनेर सोचे पनि समय र बजेट अभावका कारण सम्भव भएन । बाँकी अधुरा काम हामीले आगामी दिनका लागि प्राथमिकतामा राखेका छौँ ।

मठ मन्दिर सुधारका क्षेत्रमा पनि हामीले थुप्रै काम गरेका छौँ । धार्मिक संस्कृति र लोकसंस्कृति बचाउन हामीले त्यो क्षेत्रलाई पनि विशेष महत्त्वका साथ काम गर्यौं। ज्येष्ठ नागरिकहरूका लागि प्रतीक्षालय बनाउनेदेखि सम्मान गर्ने काम गर्यौं । खेल मैदान, खानेपानी लगायतका विविध क्षेत्रमा हामीले महत्त्वपूर्ण काम गरेका छौँ ।

तपाइँ फेरी मेयर भए के गर्नुहुन्छ ?

नगरपालिकाका १० वटै वडामा वडा कार्यालय भवन बनाइसकेका छौँ । नगरपालिका भवन पनि बनिरहेको छ । हनुमन्ते कोरिडोरको काम अधुरो छ ती अधुरा कामलाई पूरा गर्ने र बाँकी रहेका अन्य कामलाई निरन्तरता दिएर सूर्यविनायक नगरपालिका बस्न लायक, सुन्दर, शान्त र हरियाली बनाउने योजना छ । विशेषगरी बाँकी रहेका कामहरू गर्ने र राजनीतिक दल बुद्धिजीवी, समाजसेवी, नगरवासीसँग सल्लाह सुझाव लिएर नगरको विकासका लागि थप कामहरू गर्नेछौँ ।

चुनावी अभियान कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

एकदम उत्साहबर्धक रुपमा घरदैलो अभियान चलिरहेको छ । मतदाताहरूले भोट माग्न जाँदा पनि हँसिलो अनुहारले खुसी भएर बाँकी काम पनि एकदम राम्रोसँग गर्नुपर्छ, तपाईले साना तिना कमीकमजोरी छन् भने पनि सुधारेर काम गर्नुपर्छ, हामी खुसी छौँ, फेरी पनि भोट दिन्छौं भनिरहनु भएको छ ।


तपाईविरुद्ध गठबन्धन बनिरहेको छ । यस्तो अवस्थामा पनि चुनाव जित्ने आधार के के हुन् ?

गठबन्धन भनेको नौटङ्की मात्रै हो, गठबन्धनले देश कसरी चलिरहेको छ भन्ने कुरा आम देशवासी र सूर्यविनायक नगरवसीले थाहा पाइसक्नु भएको छ । केही काम गर्न सकेका छैनन्, उनीहरूको झगडा मिलाउँदैमा समय खेर फाली रहेका छन् । आ–आफ्ना स्वार्थ पूरा गर्न र आफन्तहरूको मोज मस्ती गर्नुबाहेक गठबन्धनको अरू कुनै ध्येय नभएको पुष्टि भइसकेको छ । सूर्य विनायक नगरपालिका यो गठबन्धनले कुनै पनि असर पर्दैन ।

एमाले एकताबद्ध भएर चुनावमा लागेको छ त ?

नेकपा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक एवं मतदाताहरू ९८ प्रतिशत एकताबद्ध हुनुहुन्छ । केही मन माझ्न बाँकी रहेका २ प्रतिशतलाई पनि हामी दुई चार दिनभित्रै मन माझामाझ गरेर एकताबद्ध र एक ढिक्का भएर लाग्नेनै छौँ ।

यो पनि…
‘शासक होइन जनताको सेवक भएर काम गर्नेछु’ (भिडियो पनि)
‘मैले जिते भने रेसुङ्गा भ्रष्टाचारमुक्त र शुसासनयुक्त देशकै नमुना नगरपालिका हुने छ’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।