जब सुपरमार्केटमा विशालकाय माउसुली पस्यो !
मनिटर लिजर्ड नाम सुन्ने बित्तिकै हलिउडको गोडजिला भर्सेस कोंगको याद आउँछ । फिल्ममा ठूलाठूला मोन्सटर जस्ता माउसुली देखिन्छन् । यो आकारमा १० फीटसम्म लामो हुनसक्छ ।

अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक माउसुली एक पसल धित्र छिरेको देख्न सकिन्छ । साथै भित्र पसेर पसलका सामान तल खसालीरहेको छ । यो घटना थाईल्याण्डको हो । यो विशाल माउसुली सेवन इलेभेन नामक स्टोरमा पसेको थियो ।
