English

‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिज अगाडि प्रदीपले नयाँ फिल्म नगर्ने



अभिनेता प्रदीप खड्कालाई दर्शकहरुले पर्दामा पर्खिएको तीन वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक रिलिज भएको फिल्म ‘लभ स्टेशन’पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । कोरोना महामारीभन्दा अगाडि उनले फिल्म ‘प्रेमगीत ३’को छायांकन सकेका थिए । तर, कहिले कोरोना महामारी त कहिले हिन्दी डबका कारण यो फिल्मको प्रदर्शनमा ढिलाई भएको छ ।

प्रदीपले कोरोना महामारीकै समयमा फिल्म ‘प्रकाश’मा काम गरे । दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनी अहिलेसम्मकै भिन्न चरित्र र गेटअपमा प्रस्तुत छन् । यतिबेला प्रदीप ‘प्रकाश’ र ‘प्रेमगीत ३’को रिलिज कुरेर बसेका छन् । उनी यी फिल्म प्रदर्शन नहुँदासम्म नयाँ फिल्ममा काम गर्ने सोचमा देखिएका छैनन् ।

‘प्रेमगीत ३’को हिन्दी डब र भारत प्रदर्शनको शिलशिलामा निर्माता सन्तोष सेनसँग मुम्बईमा रहेका उनले ‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिजभन्दा अगाडि आफू नयाँ फिल्ममा आबद्ध हुने सम्भावना न्यून रहेको बताए । यी दुई फिल्म रिलिजपछि नयाँ फिल्ममा काम गर्ने विषयमा विचार गर्ने उनको भनाई छ । उनले दुई फिल्म रिलिजपछि सन्तोष सेनले निर्देशन गर्ने ‘हुतुतु’मा काम गर्न सक्नेछन् ।

अभिनेता अनमोल केसीपछि सर्वाधिक फिल्मको अफर पाउने गरेका प्रदीप खड्कालाई कोरोना महामारीयता थुप्रै ठूला ब्यानरका फिल्मबाट अफर पुगेको छ । तर, उनले स्क्रिप्ट समाते पनि निर्माताको चेक समातेका छैनन् । उनी ‘प्रकाश’ निर्देशक दिनेश राउतसँग फेरि टिमअपको तयारीमा रहेको चर्चा छ । दिनेश, प्रदीप र आर्यन सिग्देललाई लिएर फिल्म बनाउने योजनामा छन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।