English

पुरुषका यस्ता गुणप्रति आकर्षित हुन्छन् महिला



धेरै पुरुष महिलालाई कसरी आकर्षित पार्ने भनेर सोचिरहेको हुन्छन् । तर उनीहरुलाई सही तरिका थाहा नहुन सक्छ । महिलाले कस्ता गुण भएका पुरुषलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो पुरुषले ध्यान दिएको पाइन्छ । महिलाको नजरमा पर्न र उनीहरूको मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् । महिलालाई कस्ता पुरुष मन पर्छन, कस्ता पर्दैनन् जान्नुहोस् ।

– दीर्घकालीन सम्बन्ध वा विवाह नै गर्ने महिला पुरुषको लुक्सलाई खासै महत्त्व दिँदैनन् तर छोटो सम्बन्ध राख्न चाहने केटीहरू मात्रै सुन्दरतामा ध्यान दिन्छन् ।

–हसाउने खालका र बुद्धिमान पुरुषलाई महिलाले बढी महत्त्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुष जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हाँसिखेली जीवन बिताउन पाइने महिलाहरुको धारणा रहेको हुन्छ ।

– परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिला निकै आकर्षित हुन्छन् ।

– आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग वैवाहिक सम्बन्ध कायम गर्न महिला बढी रुचाउँछन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी हुने उनीहरुको विश्वास हुन्छ ।

– मिलेको दाह्री र जुँगा भएका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।

–सबैखाले कुरामा सहमति जनाउने खालका पुरुषलाई धेरैजसो महिलाले मन पराउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाहीँ अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

–सम्पन्न व्यवहार देखिने पुरुष महिलाको विशेष रोजाईमा पर्नेछन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड