English

असिफको अर्धसतक



ब्याटर आसिफ शेखले जिम्बाब्बे ‘ए’ विरुद्ध अर्धसतक बनाएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेको नेपाल जिम्बाब्बेले दिएको १३७ रनको विजयी लक्ष्य पछ्याएको छ ।

कुशल भुर्तेलसँग ओपनिङमा आएका असिफले ३४ बलमा आठ चौकासहित ५० रन बनाएका हुन् । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ८८ रनको साझेदारी गरेका थिए ।

क्रिजमा आसिफलाई बासिर अहमदले साथ दिइरहेका छन् । जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुुँदा अंक बाँडेको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चाहान्छ ।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले