English

सानो कोठा यसरी बनाउनुहोस् चिटिक्क 



घरमा हरेक कोठाको आफ्नै महत्त्व हुन्छ । कोठाको प्रयोजन अनुसार फरक–फरक फर्निचर तथा सजावटका सामग्री राख्नुपर्ने हुन्छ । कोठा सानो छ भने फर्निचर राख्दा धेरै कठिनाइ पर्छ । साना कोठालाई ठुलो देखाउने र चिटिक्क परेको सजाउन यी कुरामा ध्यान दिनुहोस् ।

वाल पेन्ट

भित्तामा राति शान्ति र दिउँसो ताजगी महसुस गराउने रङको प्रयोग गर्नुपर्छ । सानो बेडरूममा सेतो, क्रीम तथा खैरो रङको प्रयोग गर्नु राम्रो हुन्छ ।
 

बेड

बेडरूमको साइजअनुसार पलङको छनोट गर्नुपर्छ । भित्रपट्टि धेरै सामान राख्न सकिने पलङको प्रयोग गर्दा धेरै फाइदा हुन्छ । साथै, साना कोठाका लागि फोल्ड गर्न मिल्ने पलङको प्रयोग गर्न सकिन्छ ।

दराज

उच्चस्तरको दराज खरीद गर्नुहोस्, जसमा धेरै ठाउँ उपलब्ध होस् । दराजमा कपडा तथा अन्य वस्तु राख्न प्रशस्त ठाउँ हुन्छ ।

अलमारी 

भित्तामा सानासाना अलमारी बनाउनुहोस्, जसमा सजावटका सामान राख्न सकियोस् । यसबाट थप ठाउँ बचाउन सकिन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्