English

यस्तो छ स्थानीय तह निर्वाचनको गणितीय समीकरण

स्थानीय निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउने ?


मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ छन् । तीमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १०, महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ रहेको छ ।

विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुख/उपप्रमुख, गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदैछ ।

त्यसैगरी यस निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा कूल उम्मेदवारमध्ये ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला छन् । निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये नेकपा (एमाले) का ३३ हजार ५०३, नेपाली कांग्रेसका ३१ हजार ४२५, नेकपा (माओवादी केन्द्र) का २२ हजार २७९, नेकपा (एकीकृत समाजवादी) का ११ हजार ३३०, जनता समाजवादी पार्टी नेपालका नौ हजार ४८१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका चार हजार ७६१ उम्मेदवार छन् ।

त्यसैगरी यस निर्वाचनमा १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । हाल निर्वाचन आयोगमा दर्ता भएका जम्मा ८९ राजनीतिक दलमध्ये निर्वाचनमा १३ दलका उम्मेदवार शून्य छन् । आयोगका तथ्याङ्कअनुसार वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपालवाद, लोकदल, नेपाल आमा, समावेशी लोकतान्त्रिक, सङ्घीय खुम्बुवान, नेपाल सुकुम्वासी (लोकतान्त्रिक), नेपाल नौलो जनवाद र माओवादी जनमुक्ति पार्टी नेपालका यस निर्वाचनमा शून्य उम्मेदवार छन् ।

यस निर्वाचनमा आयोगले सबै उम्मेदवारले प्रचार प्रसारलगायत चुनावी खर्च गर्न पाउने हद (रुपैयाँमा) समेत निर्धारण गरेको छ । तीमध्ये महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई सात लाख ५० हजार, महानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई तीन लाख, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई पाँच लाख ५० हजार, उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यलाई दुई लाख ५० हजार रुपैयाँ खर्चको हद निर्धारण गरिएको छ ।

त्यस्तै नगरपालिका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यलाई दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार, गाउँपालिका वडाध्यक्ष र सदस्यलाई एक लाख ५० हजार रुपैयाँको खर्च सीमा निर्धारण गरिएको छ ।

यसपटकको निर्वाचनमा मतपत्र हरियो मसिले छपाई गरिएको छ । मतपत्रमा पहिलो क्रममा नेकपा (एमार्ले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हसियाँ हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ रहेको छ ।

हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । आज लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइँदै छ ।

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरूमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

यो पनि
स्वतन्त्र र बागी उम्मेदवारहरूले कुन-कुन चुनाव चिह्न पाए ?
आठ हजार जनाको उम्मेदवारी फिर्ता : निर्वाचन आयोग



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।