English

रियल मड्रिडलाई ला लिगाको उपाधि



रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ ।

शनिबार राति लिग जित्न एक अंक आवश्यकता रहेको अवस्थामा रियलले स्पानियोललाई ४-० अन्तरले हरायो । रियलले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे । यस्तै करिम बेन्जेमा र मार्कुस एसेन्सियोले एक-एक गोल गरे ।

जितसँगै रियल ३४ खेलबाट ८१ अंक सहित शीर्ष स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १४औं स्थानमा छ ।

रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बने ।

एन्सेलोटीले यस अघि प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानको उपाधी जितेका थिए ।

यो पनि…
आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



सम्बन्धित खबरहरु

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

Latest










Popular
Suggested