English

सुत्नुअघि हरेक जोडीले गर्नुपर्ने यी काम



विवाहपछिको केही समय दुई पार्टनरबीचको सम्बन्ध राम्रै चलेको हुन्छ । तर, जब केही समस्या देखिन थाल्छ जसले गर्दा वैवाहिक जिन्दगीमा नै दरार उत्पन्न हुन्छ ।

तपाईलाई विश्वास नलाग्न सक्छ तर कयौं पटक पतिपत्नीबीच सुत्ने बानिका कारण सम्बन्ध विच्छेदसम्मका घटनाहरू विश्वमा हुने गरेका छन् ।

हरेक चिजको आफ्नै महत्व र नियम हुन्छ । यस्तै नियम शयन कक्षामा पनि राख्न सकियो भने पति पत्नीबीच समस्या उत्पन्न हुँदैन । कहिलेकाही अनजानमा भएको गल्तीले पनि समस्या उत्पन्न हुन जान्छ । तर यसलाई व्यवस्थित गर्न केही उपाय अपनाउने हो भने विवाद वा समस्याको व्यवस्थापन गर्न सकिन्छ ।

त्यसका लागि सुत्नअघि यी केही काम गर्न जरुरी छ :

१. यदि, तपाईंहरू (पति पत्नी) बेग्लाबेग्लै समयमा सुत्न जानुहुन्छ भने यसलाई सुधार गर्नुहोस् । वैवाहिक जीवनलाई सहज र राम्रोसँग चलाउन चाहनुहुन्छ भने दुवै जना सुत्न जाने समयलाई एकै बनाउनुहोस् । यस्तो नहोस् कि एकजना काम सकेर आउँदा अर्को जना घुरिरहेको होस् ।

२. प्रयास गर्नुहोस् कि सुत्नुभन्दा पहिला मोबाइल हातमा नहोस् । बेडरुममा टिभी राख्नबाट बच्नुहोस् । बरु म्युजिक प्लेयर राख्नुहोस् र सानो आवाजमा केही बजाउनुहोस् जो दुवैलाई ठीक लागोस् । सुत्नुअघि मोबाइल, ल्यापटप, टिभीलाई दिने समय आफ्नो पार्टनरलाई दिनुहोस् ।

३.घरायसी तनाव, कार्यालयको समस्या, राजनीतिक विषयलाई एकछिन छोडेर दुई जना दिनभरका गतिविधि बारे चर्चा गर्नुहोस् । माया प्रेम युक्त कुराहरू गर्नुहोस् जसले एक अर्कालाई नजिक ल्याउन सहयोग हुन्छ ।

४. एक अर्कालाई ध्यान दिने गर्नुहोस् । सानो सानो तारिफले तपाईकी पत्नी या पतिमा खुसी दिनसक्छ त्यसलै सानो कुरा बिग्रँदा गाली होइन माया प्रेम र राम्रो हुँदा तारिफ गर्ने बानीको विकास गर्नुहोस् ।

५. माया प्रेमको आआफ्नै शैली हुन्छ तर व्यक्त भावना भन्दा छोएर गरिने तारिफले माया प्रेम थप गाढा हुन्छ ।

६. ‘गुडनाइट किस’ दिन नभुल्नुहोला यसले एक अर्कामाथि थप माया प्रेम र स्नेह बढ्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड