विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१. स्पेनस्थित ड्रेसले सजाएको कुकुर ।२०. जर्मनीको फ्रान्कफर्टको बाहिरी भागमा सूर्योदयको दृश्य ।१९. कुवेत शहरको हवाई दृश्य ।१८. काबुलमा बेलुन बोकेको बच्चा सडकमा हिँड्दै ।१७. कतारको राजधानी दोहामा रहेको खलिफा इन्टरनेसनल स्टेडियम नजिकैको दोहा स्पोर्ट्स सिटी, जहाँ २०२२ को आकारको भवन कम्प्लेक्स देखाउँछ ।१६. अफगानिस्तानको काबुलमा आयोजना गरेको ईद बजार प्रदर्शनीमा परम्परागत पहिरनमा ‘सेल्फी’ लिँदै ।१५.इजरायलीमा बटरकप फूलबारीमा ट्रयाक्टरले फूल काट्दै ।१४. दक्षिण चीनको हाइनान प्रान्तको डोङफाङ सहरको दृश्य ।१३. उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको झालान्टुन सहरमा मानिसहरूले अजालिया फूलको दृश्यको आनन्द लिँदै ।१२. दक्षिणपश्चिम चीनको युनान प्रान्तको युआनयाङ काउन्टीको पान्झिहुआ टाउनसिपमा गाउँलेहरू खेतमा काम गर्दै ।११. पोखराको गौरीघाटस्थित फेवाताल छेउमा भिजिट नेपाल लेखिएको फेममा तस्वीर कैद गर्दै भारतीय पर्यटक ।१०. कैलालीको कैलारी गाउँपालिका वडा नं ७, विपतपुर शिविरमा आगलागीका कारण घर जलेर खरानी भएपछि, केही बचेको खाद्यान्न सङ्कलन गर्दै एक स्थानीयवासी ।९. नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बिहीबार ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सजावटका लागि प्रयोग गरिएको पानीको फोहरा ।८ .यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको सुरक्षार्थ बागलुङमा खटिएका म्यादी प्रहरी बुधबार बन्दोबस्तीसहित मतदान केन्द्रतिर जाने तयारीमा ।७. कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रको चुरेमा अवस्थित नायल गाउँका बासिन्दा गहुँ काट्दै ।६. भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको हालै पुनर्निर्माण सम्पन्न गरेको प्रसिद्ध रानीपोखरी ।५. फोटो पत्रकार क्लबले मङ्गगलबार वसन्तपुरमा ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित लेन्सबाट फोटो पत्रकारिता प्रदर्शनीमा तस्वीर अवलोकन गर्दै सर्वधारणहरू ।४. ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला ।३. शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदाय माटोको भकारी बोकेर घरतर्फ लैजाँदै ।२. टेकोको भरमा अडिएको भक्तपुर दरबार स्क्वायरको राष्ट्रिय कला सङ्ग्रहालय । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको यस सङ्ग्रहालयको पुनर्निर्माण कार्य स्थानीय निकाय र पुरातत्व विभागको विवादले रोकिएको हो ।१. कृष्णपुर नगरपालिका– २ का मुक्त कमैया दम्पती सडकछेउ बसेर तरबुजा बिक्री गर्दै ।
आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले
एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो । यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ। गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ। गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ। नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।