English

स्वतन्त्र र बागी उम्मेदवारहरूले कुन-कुन चुनाव चिह्न पाए ?



निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिन थालेको छ । दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले भने आयोगले यसअघि तय गरेको ४० प्रकारका चिह्न मध्येबाट पाइरहेका छन्।

निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पाएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज उक्त निर्वाचन चिह्न प्रदान गरेको हो ।

यही चिन्हबाट लिएर उनी निर्वाचन अभियानमा जुट्ने भएका छन् । भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा (माओवादी केन्द्र) लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन् । उनलाई काँग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ ।

यही चिन्हबाट लिएर उनी निर्वाचन अभियानमा जुट्ने भएका छन् । भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा (माओवादी केन्द्र) लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन् । उनलाई काँग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ ।

उनले बीपीको आदर्श र भरतपुरमा रहेका काँग्रेसीजनको निष्ठालाई अँगाल्दै भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी रहेको स्पष्ट पारेका छन् । उनलाई पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले मानेनन् र उम्मेदवार भएरै छाडे ।

अब ३० वैशाखमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको भुइँकटहर चिह्न लिएर सहभागी हुने भएका छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले भने निर्वाचन चिह्न ‘लौरो’ पाएका छन् । चर्चित र्‍यापर उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न आज प्रदान गरेको हो ।

यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले भने निर्वाचन चिह्न ‘लौरो’ पाएका छन् । चर्चित र्‍यापर उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न आज प्रदान गरेको हो ।

धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाएका छन् ।

आयोगले अन्य स्थानीय तहका स्वतन्त्र उम्मेदवारहरूलाई पनि ४० वटामध्ये बाटै निर्वाचन चिह्न प्रदान गरिरहेको छ ।

यो पनि
७६ जिल्लामा एक करोड ८० लाख बढी मतपत्र ढुवानी
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ