English

आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन राष्ट्रपति सहमत



श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको पदबाट हटाउन सहमत भएका छन् ।

श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाल सिरिसेनाले राष्ट्रपति राजपाक्षेसँगको भेटपछि प्रधानमन्त्री राजपाक्षेलाई पदबाट हटाउन राजी भएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीलाई समेटेर राष्ट्रिय परिषद् गठन गर्न समेत राष्ट्रपति तयार भएको उनको भनाइ छ ।

गोताबाया राजपाक्षे अघि श्रीलंकाको राष्ट्रपति रहेका सिरिसेनासहित ४० सांसदहरुले यही महिनाको शुरुमा सत्तारुढ गठबन्धन परित्याग गरेको घोषणा गरेका थिए ।

यता प्रधानमन्त्री महिन्दा राजपाक्षेका प्रवक्ता रोहन वेलिविताले भने राष्ट्रपतिबाट यस्तो किसिमको सूचना नआएको र आएको खण्डमा सार्वजनिक रूपमा घोषणा गरिने बताए ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र सरकारको विरोधमा पछिल्ला केही सातायता प्रदर्शनहरू भइरहेका छन् ।

यो पनि
श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, एकको मृत्युपछि कर्फ्यू
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार