English

मंगल ग्रहमा ९४ मिनेट लामो भूकम्प



नासाको इनसाईट ल्यान्डर सन् २०१८ नोभेम्बरमा मंगल ग्रह अवतरण गरेको थियो । सोही ल्याण्डरमा हालसम्मकै सबैभन्दा संवेदनशील सिस्मोमिटर जडान गरिएको छ । मंगल ग्रहमा अवतरण गरेदेखि यसले सो ग्रहमा कैयौं साना हलचल मापन गरिसक्यो। तर, पछिल्ला दुई कम्पन भने विशेष रहेको इनसाईट मिसनमा आबद्ध वैज्ञानिकहरूले बताएका छन् ।

‘हालै मापन गरिएको दुई कम्पन अहिलेसम्मकै ठूलो मात्रै होइन, यसको कम्पन अवधि र विस्तार पनि निकै ठूलो देखिएको छ,’ मंगल ग्रहमा आएको भूकम्पनीसम्बन्धि शोत्रपत्रकी प्रमुख लेखिका अन्ना होर्लेस्टनले भनिन् । होर्लेस्टन बेलायतस्थित ब्रिस्टल विश्वविद्यालयकी भूकम्पविद् हुन् ।

वैज्ञानिकहरूले पछिल्ला दुई ठूला भूकम्पलाई अलग नाम पनि दिएका छन् । सन् २०२१ अगष्ट २५ मा आएको पहिलो भूकम्पको नाम एस०९७६उ राखिएको छ । ल्याण्डर रहेको स्थानबाट ठ्याक्कै उल्टो भागस्थित गहिरो घाँटीहरूको संजाल ‘भ्यालेज म्यारिनेरिस’लाई केन्द्र बनाएर आएको यो भूकम्पको तिव्रता ४.२ रेक्टरको थियो ।

मंगल ग्रहमा मापन भएको दोस्रो ठूलो भूकम्पलाई ‘एस१०००ए’ नाम दिइएको छ र यो पहिलो भूकम्प आएको २४ दिनपछि अर्थात् सेप्टेम्बर १८ मा आएको थियो । एस१०००एको तिव्रता पहिलोको भन्दा केही कम अर्थात् ४.१ रेक्टर मापन गरिएको छ । यसको सटिक केन्द्र अझै पत्ता लागेको छैन । तथापि यो मंगल ग्रहको अर्को भागमै रहेको वैज्ञानिक प्रक्षेपणले देखाएको छ ।

रोचक तथ्य के भने ‘एस१०००ए’ भूकम्प ९४ मिनेटसम्म आएको थियो, जुन मंगल ग्रहमा मापन भएको हालसम्मको सबैभन्दा लामो भूकम्प हो । मंगल ग्रहका पछिल्ला दुवै भूकम्प इनसाइट ल्यान्डरको सिस्मोमिटरले ‘पी’ र ‘एस’ वेभ मापन गर्न नसक्ने विपरित भागमा आएकाले तिनले उत्सर्जित गरेका दबाब मापन हुन सकेन । तरंग मंगल ग्रहको विपरित भागबाट ग्रहको नाभी(कोर) पार गरेर आउदाँ दबाब निस्तेज हुन्छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड