English

काठमाडौँ महानगरलाई रुपान्तरण गर्ने सिंहका ‘सात सङ्कल्प’



काठमाडौँ महानगरपालिकामा नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले सात ‘स’ को सङ्कल्प प्रस्तुत गरेकी छिन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा नेपाली कांग्रेसहित गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेकी सिंहले आफू नगरप्रमुख भएपछि गर्ने सात सङ्कल्पलाई आज सार्वजनिक गरेकी हुन् ।

उनले सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही सञ्चालन गर्ने, भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा कामपालाई अघि बढाउने, सङ्घीय सरकार प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने सङ्कल्प गरेकी छिन् ।

यस्तै स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाअन्तर्गत शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परीक्षण, उपचार र पुनःस्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने बताइन् ।

सिंहले स्वच्छ, सफा, दिगो पर्यावरणअन्तर्गत कामपालाई ‘जेरो वेस्ट’ महानगर बनाउने, पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनःस्थापना तथा विस्तार गर्ने सङ्कल्प गरेकी छिन् ।

यस्तै सुरक्षित सहरअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण, विपद् थेग्नसक्ने क्षमतायुक्त सहरको निर्माण गर्ने सङ्कल्प राखेकी छन् ।

उनले संस्कृति, सम्पदा र सभ्यता बचाउनका लागि मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने तथा गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने बताएकी छन् ।

सिंहले सबल र समुन्नत पूर्वाधारअन्तर्गत सहजरूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्र भित्रपर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीयरूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत–सम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्ने सङ्कल्प गरेकी छिन्।

त्यस्तै सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी बनाउन उहाँले युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्न आवश्यक पहलकदमी लिनुका साथै उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने बताकी छन् ।

यो पनि…
तालमेलमा एकात्मकता रहन सत्तारूढ गठबन्धनको निर्देशन
काठमाडौं मेयरका लागि कांग्रेसबाट नाम सिफारिस



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।