English

नेपाली अर्थतन्त्रको आकार : ४८ खर्ब ५१ अर्ब ६३ करोड



एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै पाँच अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर एक सय रुपैयाँ बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पु¥याएको पाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ । विभागले भनेको छ, ‘खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन सुरु, अन्य आयोजनाको निर्माणमा भएको वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षत्रेको कूल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ ।’

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।

आव २०७७/७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने आव २०७६/७७ मा माइनस २.४ प्रतिशत बराबरको आर्थिक वृद्धि भएको थियो । सरकारले चालु आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ । त्यसमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत रहनेछ । यस्तै आधारभूत मूल्यमा ५.४९ प्रतिशत र कूल उत्पादन आधारभूत मूल्यमा भने ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबर रहेको छ । यस्तै कूल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ बराबर छ ।

चालु मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन आधार मूल्यमा ४१ खर्ब पाँच अर्ब ५४ करोड रुपैयाँ बराबर रहँदा चालु मूल्यअनुसार कूल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ बराबर पुगेको छ । विभागका अनुसार चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण १४ खर्ब २५ अर्ब आठ करोड रुपैयाँ बराबर छ । चालु मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब एक अर्ब ६७ करोड रुपैयाँ बराबर छ । चालु मूल्यमा वस्तु तथा सेवा निर्यात तीन अर्ब २० अर्ब ७१ करोड रुपैयाँ बराबर छ ।

यस्तै वस्तु तथा सेवा आयात रु १८ खर्ब २० अर्ब ८२ करोड, चालु मूल्यमा कूल राष्ट्रिय बचत कूल गार्हस्थ्य उतपादनको ३१.९५ प्रतिशत बराबर छ । कूल ग्रर्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ । नौ खर्ब ६१ अर्ब सात करोड रुपैयाँ बराबरको विप्रेषण चालु आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ । प्रतिव्यक्ति कूल गार्हस्थ्य उतपादन एक लाख ६४ हजार ५९८ रुपैयाँ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३७२ बराबर हो । त्यस्तै प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन एक लाख ६५ हजार ६४९ रुपैयाँ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३८१ बराबर हो ।

विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ । हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालु आवको छदेखि नौ महिनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो ।

बेमौसमी बाढी तथा पहिराका कारण गत कात्तिकमा धानखेतीमा परेको नकारात्मक असरका कारण आर्थिक वृद्धिदरमा केही समस्या देखिएको विभागको भनाइ छ । बेमौसमी वर्षा नभएको भए आर्थिक वृद्धिदर अझै माथि जानसक्ने विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वास्तविकताका आधारित तथ्य तथ्याङ्कको विश्लेषण गरेर विवरण प्रकाशित गरिएकाले अन्तर्राष्ट्रिय निकायहरूको भन्दा विभागको तथ्याङ्क विश्वसनीय र भरपर्दो रहेको बताए । आयोगका सदस्य डा रामकुमार फुँयालले रुस–युक्रेन सङ्घर्षका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको बताए । कोरोना महामारीबाट अर्थतन्त्र क्रमशः लयमा फर्किएको समेत उनको भनाइ छ ।

यस्तै विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालु आवमा कूल आयात कूल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिए । यस्तै निर्यात भने तीन खर्ब २० अर्ब रुपैयाँ बराबर पुग्ने देखिएको छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।