English

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बेङ्गलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । वानिन्दु हसरंगाले १८ रनको योगदान गरे । राजस्थानका कुलदिप सेनले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । राजस्थानका रियान परागले सर्वाधिक ५६ रन बनाए । यस्तै कप्तान सन्जु सामसनले २७ रन बनाए ।

बेङ्गलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २-२ विकेट लिए ।

जितसँगै राजस्थानले ८ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बेङ्गलोर ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

Latest










Popular
Suggested