English

नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन



युएनएड्स संस्थाका अनुसार नेपालमा करिब ६७ हजार ३ सय यौनकर्मीहरू यौन व्यवसायमा सक्रिय छन् । अर्को एक अध्ययनका अनुसार काठमाडौंका ठमेल, नयाँ बसपार्क, रत्नपार्क, गौशाला तथा पोखरा, इटहरी, बिर्तामोड, धरान, बुटवल र काँकडभित्ता नेपालका दश प्रमुख स्थान हुन्, जहाँ यौन व्यवसाय सञ्चालित छन् ।

तर नेपालमा यौनकर्मी हुनु नेपालको संविधानअनुसार अवैध हो । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) सम्बन्धी कानून, २०६४ अनुसार यौन व्यवसाय तथा यसबाट अर्थोपार्जन गर्नु कानून विपरित हो । मूलतः नेपाल मानव बेचविखन तथा ओसारपसारको निम्ति स्रोत, ट्रान्जिट तथा केन्द्र हो । त्यसै कारणले यस किसिमको कानून बनाइएको हो । त्यसो भए कानून एकातिर अनि यथार्थ अर्कोतिर कसरी र किन रह्यो ?

यौन पेशा

यस लेखमा मैले नेदरल्याण्ड्समा देखेको अनुभव राख्न चाहें । अमेरिकी मानवबेचविखन नियन्त्रण तथा अनुगमन विभागले प्रत्येक वर्ष प्रकाशित गर्ने रिपोर्टअनुसार नेदरल्याण्ड्स टायर १ मुलुक हो भने नेपाल टायर २ मुलुक हो । बेचविखनमा परेका उत्पीडितहरूको सुरक्षार्थ अपनाइएका नीति, कार्यक्रम तथा तर्जुमाका आधारमा टायर १ सुरक्षित मुलुक मानिन्छ । त्यसो भए के यहाँ यौनव्यवसाय पूर्ण रूपमा बर्जित हुनुपर्छ ? होइन, यहाँ बाटो–बाटोमा उभिएर वा सार्वजनिक स्थानमा यौन व्यवसाय गर्नु चाहिं कानून विपरित हो । तर, निर्धारित क्षेत्रमा कानूनी दायरमा रही पूर्ण वयस्क व्यक्तिले स्वेच्छाले यौन व्यवसाय गर्नु वा यौनकर्मी हुनु भनेको एक किसिमले पेशा नै हो । डाक्टर, इन्जिनियर, राजनितिज्ञ, सरकारी कर्मचारीजस्ता अन्य व्यवसाय वा पेशाजस्तै समान पेशा हो । न्याय तथा सुरक्षा मन्त्रालयअन्तर्गत पर्ने यस पेशामा संलग्न यौनकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति नै नेदरल्याण्ड सरकारको एक प्रमुख एजेण्डा हो ।

अझै रोचक कुरा यहाँ ग्राहकको रोजाइभन्दा पनि यौनकर्मीको रोजाइ महत्वपूर्ण हुन्छ । उनले ग्राहकलाई मजाले अस्वीकार गर्न पनि पाउँछिन् ।

रातो र नीलो बत्ती

एक अध्ययनअनुसार नेदरल्याण्ड्समा करिब २५ हजार यौनकर्मीहरू यौन व्यवसायमा सक्रिय छन्, जसमध्ये ९० प्रतिशत महिला, ५ प्रतिशत पुरुष र ५ प्रतिशत ट्रान्सजेन्डर छन् । यी सबैको कार्यस्थल रेडलाइट एरिया हुन्, जहाकाँ रातो पर्दा लगाइएका घरहरूमा मात्र यिनले कार्य गर्न सक्छन् । सामान्यतयाः राती ११ बजेदेखि बिहान ३ बजेसम्म अफिस आवर हुन्छ । त्यहाँ रातो बत्ती बलेको क्षेत्र महिला यौनव्यवसायी र नीलो बत्ती बलेको क्षेत्र ट्रान्सजेन्डर यौनकर्मीका लागि भन्ने बुझिन्छ । तर रोचक कुरा रेडलाइट एरिया पनि सार्वजनिक स्थान नै भएका कारणले यहाँ पनि बाटोमा वा सार्वजनिक स्थलमा यौन व्यवसाय गर्न पाइँदैन ।

सम्बन्धित यौनकर्मीहरू निर्धारित सिसाको झयालभित्र बसिरहेका हुन्छन्, जसलाई विन्डो प्रोस्टिच्यूशन भनिन्छ । सेवाग्राही वा ग्राहकले झ्यालबाहिरबाट अवलोकन गरी उपयुक्त यौनकर्मीलाई प्रस्ताव गर्न सक्छन् । अझै रोचक कुरा यहाँ ग्राहकको रोजाइभन्दा पनि यौनकर्मीको रोजाइ महत्वपूर्ण हुन्छ । उनले ग्राहकलाई मजाले अस्वीकार गर्न पनि पाउँछिन् । औसतमा १० देखि १५ मिनेट सेवा प्रदान गरेबापत् ५० युरो शुल्क लिन्छन् । तर कति समय र कति शुल्क भन्ने कुरा सेवाग्राही र सम्बन्धित यौनकर्मीबीचको मोलमोलाईमा भरपर्छ । यहाँनेर स्पष्ट हुनुपर्ने कुरा यस व्यवसायमा यौनकर्मीहरू स्वरोजगार हुन् । उनीहरू २१ वर्ष भन्दा माथिका वयसक हुन् । र, उनीहरूले काम गर्ने हरेक घरमालिकले सो प्रयोजनका निम्ति सरकारद्वारा लाइसेन्स प्राप्त गरेका हुन्छन् । यौनकर्मीहरूको फोटो वा भिडियो खिच्न पाइँदैन ।

यौनकर्मीहरूलाई उनीहरूको अधिकार र कर्तव्यबारे सूसुचित गर्ने तथा पेन्सन र बिमा तथा नियमित स्वास्थ्य जाँचको व्यवस्था पनि गरेको छ ।

सबैभन्दा पुरानो र प्रसिद्ध रेडलाइट डिस्ट्रिक्ट राजधानी एम्टरड्याममा अवस्थित डि वालेन हो, जुन यौन पर्यटनका निम्ति अन्तर्राष्र्टिय गन्तव्य हो । यहाँ क्लब, पब, यौन इतिहास सम्बन्धि संग्रहालय, इरोटिक थियटर हाउस र चर्च पनि आकर्षण्ँका केन्द्र हुन् । मुख्य शहरको केन्द्रमै रहेको यस क्षेत्रलाई अब भने सहरको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने भनिएको छ, कारण पर्यटकहरूको अभद्र व्यवहार र फोहोरमैला ।

अन्य पेशामा संलग्न नागरिकहरूले जस्तै यौन व्यवसायमा लागेका यौनकर्मीहरूले पनि सरकारलाई कर बुझाउँछन् । त्यसैले, डच सरकारले उनीहरूको सुरक्षार्थ पुलिस पहरेदार तैनाथ गरेको हुन्छ । हिंसा वा दुव्र्यवहारसम्बन्धि प्राप्त उजुरीको कडाइका साथ छानबिन गरी दोषिलाई कार्बाही गर्छ । यौनकर्मीहरूलाई उनीहरूको अधिकार र कर्तव्यबारे सूसुचित गर्ने तथा पेन्सन र बिमा तथा नियमित स्वास्थ्य जाँचको व्यवस्था पनि गरेको छ । साथै, कोही यौनकर्मीले सो पेशा त्यागी अन्य काम गर्न चाहेको अवस्थामा सरकारले उनीहरूलाई लाइफकोचको व्यवस्था गरेको छ । ती व्यक्तिहरूको नयाँ घर वा नयाँ काम र अफिस खोज्न सहजीकरण गरिन्छ । लिभिङ द लाइफ प्रोग्राम्स डिसेन्ट्रलाइजेशन ग्रान्टअन्तर्गत १८ ओटा नगरपालिकामा यस्तो व्यवस्था छ ।

त्यति मात्र होइन, हरेक यौनकर्मीले अनिवार्य रूपमा वर्किङ पर्मिट लिनैपर्छ, नभए यौनकर्मी मात्र होइन, उनका सेवाग्राहीले पनि सजाय भोग्नुपर्ने हुन्छ । कानूनले मात्र होइन, सामाजिक व्यवस्थाले पनि ती यौनकर्मीहरूको सम्मान र समान व्यवहार गर्न सिकाउँछ । यदि कुनै यौनकर्मीमाथि दुब्र्यवहार भएमा छरछिमेकका स्थानीय बासिन्दा, क्याफे वा अन्य पसलका व्यवसायीले साक्षीको रूपमा यौनकर्मीको साथ दिन्छन् ।

समाजमा दिनानुदिन भइरहेको यथार्थलाई देखे पनि नदेखेझैं गर्नु पनि समाधान होइन रहेछ । कानूनले रोक लगाउने मात्र होइन, अवसर सिर्जना गर्ने र स्वतन्त्र नागरिक भएर बाँच्न सक्ने वातावरण निर्माण गर्न सक्नुपर्ने रहेछ ।

प्रसंग नेपालको

मैले नेपालमा भोगेको र यहाँ नेदरल्याण्ड्समा देखेको अनुभवलाई एकै ठाउँमा राख्ने हो भने समस्याको जरा गरिबी हो । तर, अशिक्षा मात्र पनि होइन रहेछ । शिक्षासँगै चेतनाको विस्तार, समस्याको गहन अध्ययन र विश्लेषण र समावेशी सम्भावनाहरूको पहिचान तथा सामाजिक सुव्यवस्था पनि त्यत्तिकै महत्वपूर्ण हुने रहेछ ।

समाजमा दिनानुदिन भइरहेको यथार्थलाई देखे पनि नदेखेझैं गर्नु पनि समाधान होइन रहेछ । कानूनले रोक लगाउने मात्र होइन, अवसर सिर्जना गर्ने र स्वतन्त्र नागरिक भएर बाँच्न सक्ने वातावरण निर्माण गर्न सक्नुपर्ने रहेछ । सबैभन्दा महत्वपूर्ण कुरा यी विषयमा बोल्नु, छलफल गर्नु, भएका भ्रमलाई चिरी यथार्थपरक दृष्टिकोणको विकास गर्नु, बहस गर्नु र रोगी मानसिकताबाट मुक्त हुनु जरुरी छ ।

यो रोगी मानसिकताको अर्को एक मुख्य कारण सेक्स एजुकेशनको अभाव वा यससम्बन्धि चेतनाको अभाव हो । तपाईं वा मेरो मात्र होइन, यो पृथ्वी सम्पूर्ण ब्रह्माण्डमै एक मात्र जीवित ग्रह हुनुको अर्थ नै पाठेघर हो । तर, हामी त्यही पाठेघरको कुरा गर्न बर्जित ठान्छौं, त्यही पाठेघरको आवाज सुने नि नसुने झैं गर्छौं ।

विवादित नेपाली कानूनको अर्को प्रसंग

करिब दुई महिना अघिको कुरा हो । अध्यागमन विभागले एक नयाँ नियम प्रस्ताव गर्यो, ४० वर्षभन्दा कम उमेरका महिलाले भिजिट भिसामा विदेश यात्रा गर्नुपरेमा परिवारका सदस्यको मन्जुरीनामा सम्बन्धित वडा कार्यालयबाट सिफारिस गराउनुपर्ने । कारण, मुख्यतयाः ४० वर्षभन्दा मुनिका महिलाहरू बेचविखनको बढी जोखिममा हुन्छन् ।

यस सवालमा मलाई असाध्यै दुःख लागेको दुई वटा कारण, एक नेपालजस्तो संघीय लोकतान्त्रिक गणतान्त्रिक महिला प्रमुख भएको राज्यव्यवस्थामा महिला अझै पनि दोस्रो दर्जाको नागरिक मात्र हो भन्ने दरिद्र मानसिकताको प्रस्तुति । र, दोस्रो ४० बर्ष नै हदम्याद राख्नु भनेको महिलालाई उपभोग्य वस्तुकै रूपमा बुझिनु ।

मेरो बुझाई मुख्य समस्या यही दरिद्र मानसिकता हो । र, यो यस्तो मानसिकता हो कि भलै घरको भित्तामा विद्यावारिधिको उपाधि सजाइएको होस् । वा, दुई चार मानिस सामु महिला अधिकारका ठूल्ठूला दफा उपदफाको २४ घण्टे गफ दिन सक्ने होस् । तर बिहान उठ्ने बेला आमा, श्रीमती, बुहारी वा छोरीले नै चिया पकाउनुपर्ने वा टक्र्याउनुपर्ने चाहे त्यो पुरुष होस् वा महिला ।

जबसम्म हरेक महिला आर्थिक रूपमा आत्मनिर्भर हुँदैनन्, हरेक सरकारी कामकाजदेखि अत्यावश्यक कुरामा आफै बोल्न, लेख्न र निर्णय लिन सक्ने व्यक्तित्व विकास हुँदैनन्, तबसम्म यो रोगी मानसिकता निको हुँदैन । यो रोगी मानसिकताको अर्को एक मुख्य कारण सेक्स एजुकेशनको अभाव वा यससम्बन्धि चेतनाको अभाव हो । तपाईं वा मेरो मात्र होइन, यो पृथ्वी सम्पूर्ण ब्रह्माण्डमै एक मात्र जीवित ग्रह हुनुको अर्थ नै पाठेघर हो । तर, हामी त्यही पाठेघरको कुरा गर्न बर्जित ठान्छौं, त्यही पाठेघरको आवाज सुने नि नसुने झैं गर्छौं ।
सायद नेदरल्याण्डले महिलाको त्यही आवाज आत्मसाथ गर्न सक्छ ।

(लेखक बुद्धाचार्य अध्ययनको सिलसिलामा नेदरल्याण्ड बस्दै आउनुभएको छ ।)



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन