सेक्सका बेला यी कुरा कहिल्यै नभुल्नुहोस्
हाम्रो समाजमा अहिले पनि सेक्सलाई सङ्कुचित रूपले हेरिन्छ तर यो मानव जीवनको लागि आवश्यक कुरा पनि हो । त्यसैले, यसलाई मानव जीवन र सन्तुष्टिको अभिन्न पाटोको रूपमा पनि लिइन्छ । यसलाई व्यवस्थापन गर्न सके यौन जीवन सबैको सुखमय हुन्छ ।
इच्छाविपरीत सम्बन्ध नराख्ने
सेक्सलाई कुनै ठूलो कुराको रूपमा लिनु हुँदैन । यो प्राकृतिक अधिकार हो । आफ्नो पार्टनरको भावना बुझ्ने । यदि, उसलाई इच्छा छैन भने जबरजस्ती गर्नु हुँदैन । सामान्य तरिकाले अघि बढने । भावना र इच्छाविपरीत सम्बन्ध राख्न खोज्दा मानसिक तनाव उत्पन्न हुन सक्छ ।
विविधता नखोज्ने
सेक्सको सिधा सम्बन्ध मनसँग हुन्छ । सेक्स शारिरीक मात्र नभई मानसिक क्रिया समेत हो । शारीरिक सन्तुष्टिका लागि उत्ताउलो तरिकाले सम्बन्ध राख्नाले सेक्स साथीलाई नराम्रो प्रभाव पर्न सक्छ ।
गलत विचार नलिने
पुरुष र महिलामा सेक्सका बारेमा अलग अलग विचार हुन्छ । यही कारणले पारिवारिक जीवन तनावमा पर्न सक्छ । यसबाट बच्नका लागि संवेदनशील हुनुपर्छ । तर, सेक्सको लागि भने अति संवेदनशील हुनु हुँदैन । सेक्सको समयमा पार्टनर तर्फ मात्र ध्यान दिनुपर्छ ।
समयलाई छाडिदिने
सेक्स पहिला प्लान बनाएर गर्ने चिज होइन । त्यस समयमा जे हुन्छ हुन्छ । सेक्सको समयमा अनावश्यक कुरामा मन बहलाउनु हुँदैन । पार्टनरसँग रमाइलो कुराकानी गर्दै भावना बुझ्ने कोशिस गर्नुपर्छ । नकारात्मक सोचाइले सेक्स जीवन तनावमा परिणत हुन्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?