English

नेप्से निरन्तर घट्दा कारोबार रकम १ अर्बमा सीमित



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १५.०२ अंक घटेर २३७०.९९ बिन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स १.७४ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंक घटेको छ।

नेप्से ओरालो लागेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन नेप्सेमा २२८ स्टकको २५ हजार ७ सय ६६ पटकको कारोबारमा १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको ३४ लाख १९ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

नेप्से ओरालो लागे पनि यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

नेप्से ओरालो लागे पनि यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन किसान लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ। यता हिमालयन पावर पार्टनरको सेयरमूल्य यस दिन सर्वाधिक ५.४१ प्रतिशत घटेको छ भने मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, युनाइटेड इदी मार्दीको सेयरमूलय यस दिन ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ४ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

मंगलबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ वटाको घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको ०.२९ प्रतिशत बढेको छ।

यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको ०.२९ प्रतिशत बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ।

त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक १.३९ प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको १.०१ प्रतिशत घटेको छ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।