चुनौती सामना गर्दै छन् कर्णालीका यी चार महिला
कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालिकोटको रास्कोट र कालिकोटको खाँडाचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका छन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् ।

यसैगरी, रास्कोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेतृ धीरिन्द्रा उपाध्याय ‘भृकुटी’ ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।

ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।

यो पनि…
स्थानीय तहमा महिला : संख्या कम, काममा अब्बल
‘महिलालाई नेतृत्व सुम्पिन कोही तयार हुँदैनन्’