वास्तविकभन्दा पनि काल्पनिक धारणा बढी
वैवाहिक जीवन कस्तो हुने भन्ने कुरा यौनिक जीवनले प्रभाव पार्ने विज्ञहरू बताउँछन् । हरेक महिला र पुरुषले यौन जीवनबारे वास्तविक भन्दा पनि काल्पनिक धारणा बढी बनाएका हुन्छन् । र धेरै जसोको सन्तुष्टि त्यस्ता काल्पनिक अवधारणामा आधारित हुने मनोवैज्ञानिकहरूको दाबी छ ।
यहाँ त्यस्ता सेक्सका प्रकारको विषयमा कुरा गरिएको छ जुन हरेक पुरुषले आफ्नो जीवनमा पनि प्रयोग गर्न पाइयोस् भन्ने चाहन्छ ।
बनावटी माया र सेक्स
झगडा गरे माया बढ्छ भन्ने भनाइ छ । तर सेक्सकै लागि माया बढाउन झगडा होस् भन्ने त पुरुष चाहँदैन, तर अलि अलि रिसारिस जस्तो भएपछि आफ्नो पार्टनरसँग गरिने सेक्सलाई धेरै पुरुषले चाहना गर्ने अध्यनले देखाएको छ ।
रफ सेक्स
महिलाहरू सेक्सका लागि तयारी गरेर यसलाई निकै संवेदनशील बनाउने कोशिस गर्छन् । तर, पुरुषको मनमा भने अलि रफ वा तयारी बिनाको क्याजुअल र निर्बाधरूपमा सेक्स मन पराउँछन् ।
लेजी सेक्स
सधैँ सक्रिय अवस्थामा मात्र सेक्स हुन्छ भन्ने हुँदैन । बिदाको दिनमा अबेर उठ्दा वा अबेर सुत्ने बेलामा आफ्नो पार्टनरसँग हुने यौन सम्बन्धलाई धेरै पुरुषले आफ्नो छनोट बनाएको अध्यनले देखाएको छ । यस्तो अल्छी पारामा गरिएको सेक्स पनि निकै आनन्ददायी हुने पुरुषको धारणा हुन्छ ।
आउटडोर सेक्स
घरमै वा बेडरुमको ओच्छ्यानमा मात्र सेक्स दिक्कलाग्दो हुन सक्छ । पुरुषहरू कुनै दिन कतै बाहिर गएर वा बसेर प्रेमिकासँग मायाँ साट्न पाहियोस् भन्ने चाहन्छन् । यस्तो सेक्स उनीहरूको रोजाइमा पर्छ ।
लाउड भोइस सेक्स
महिलाले सेक्सको समयमा निकाल्ने आवाजले पुरुषलाई ऊर्जा दिन्छ । उनीहरू महिलाले आनन्दको आवाज अझ चर्को गरी निकालून् भन्ने चाहन्छन् । आफूले यौन सन्तुष्टि दिएको गर्व महसुस हुने हुँदा पुरुषलाई लाउड भोइस सेक्स मनपर्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?