English

३५ अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो



साताको दोस्रो कारोबार दिन नेप्से र कारोबार रकम दुवै घटेको छ। अघिल्लो कारोबार दिन करिब १०० अंक बढेको नेप्से, यस दिन भने ३५ अंक घटेको छ।

सोमबार नेप्से परिसूचक ३४.९५ अंक घटेर २३८६.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको कारोबार भएको बजारमा यस दिन २३९ स्टकको ४६ हजार ४०१ पटकको कारोबारमा २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको ५० लाख ४७ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ।

सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूहको परिसूचक क्रमशः ०.१३ प्रतिशत र म्युचुअल फन्ड उपसमूहको ०.८२ प्रतिशत बढेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

यस दिन जाल्पा लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ७८ रुपैयाँ बढेर ८५८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन जाल्पा लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ७८ रुपैयाँ बढेर ८५८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.३३ प्रतिशत घटेको छ। त्यस्तै, रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि

चुनावसँगै तात्तियो सेयर बजार
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।