English

‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै



साउथ स्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा रेकर्डतोड सफलता हासिल गरेपछि साउथका कयौं फिल्मलाई एकपटक सोच्न बाध्य बनाएको छ । यो फिल्मको सफलताबाट प्रभावित भएर अभिनेता प्रभासको फिल्म ‘सालार’मा आवश्यक परिवर्तन गरिएको छ भने यसको असर अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा : द राइज’को दोस्रो भागमा पनि देखिएको छ ।

अर्को वर्ष रिलिज गर्ने गरी ‘पुष्पा २’को तीव्र गतिमा काम भइरहेको थियो । तर, अब निर्देशक सुकुमारले फिल्मको स्पीडमा ब्रेक लगाएका छन् । ‘केजीएफ २’को सफलतापछि उनी फिल्मलाई ठूलो स्केलमा बनाउन जुटेका छन् । पहिलो पार्टको एक्सनभन्दा दोस्रो पार्टको एक्सन सिनमा ठूलो परिवर्तन गर्ने उनको तयारी छ । पहिला तयार पारिएको स्क्रिप्टमा पनि केही परिवर्तन गरिनेछ ।

सुकुमारले ‘पुष्पा २’ पहिला प्लान गरिएको स्केलभन्दा वृहत् निस्कियोस् भन्ने चाहेका छन् । यसैले उनले फिल्मको छायांकन समेत पछाडि धकलेका छन् । यो दौरानमा निर्देशक सुकुमारले अल्लू अर्जुनलाई नयाँ फिल्ममा काम गर्न अनुमति दिएको बताइएको छ । ‘पुष्पा’ले विश्वभर आक्रामक कमाई गरेको थियो । फिल्मले अल्लू अर्जुन र रश्मिका मन्दानाको स्टारडम उत्कर्षमा पुर्‍याएको छ ।

यो पनि…
मुडुली केकीसँग पुष्प
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Latest










Popular
Suggested