English

विपद् जोखिम न्यूनीकरणमा के छ सरकारको तयारी ?



२०७२ साल वैशाख १२ गते मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गयो । जसबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुग्यो । त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा भूकम्पले क्षति पुर्यायो ।

भूकम्पपछि बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अतिप्रभावित जिल्लाका रूपमा घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो ।

भूकम्पले सिन्धुपाल्चोकमा मात्रै तीन हजार ५७० जनाको मृत्यु भएको थियो भने ९५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए । यहाँका ५४७ विद्यालय ध्वस्त भएकामा ९८ प्रतिशत विद्यालय निर्माण सम्पन्न भएका छन् । यहाँका ७५ वटा स्वास्थ्यचौकीमा पूर्णरुपमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

भूकम्पबाट सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचीमा परेका थिए । हालसम्म तेस्रो किस्ता लिएर ८३ हजार ९ सय ७१ घर निर्माण भइसकेको र बाँकी निर्माणाधीन रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । यसअन्तर्गत २२ वटा एकीकृत बस्ती निर्माण सम्पन्न भएका छन् ।

गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवं ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक, स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक, पुललगायतका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख छ ।

नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकमध्येमा पर्दछ र भूकम्पीय जोखिममा पर्नुका मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भए पनि मानवनिर्मित कमजोर भौतिक संरचना पनि त्यतिकै जिम्मेवार रहेको तथा विगतको भोगाइ र अनुभवबाट पाठ सिक्दै आउँदा दिनमा भूकम्पजस्ता प्राकृतिक विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न भूकम्पलाई थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अत्यावश्यक रहेको छ ।

विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेकाले यस विषयमा सम्बद्ध सबैको ध्यान गए मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ । यसका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्नेमा सबैले जोड दिनु आवश्यक छ।

राष्ट्रपतिको सन्देश

सातौं भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा, सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट आपसमा मिलेर काम गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलगायत भूकम्पपश्चात्को पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्ने मित्रराष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र स्वयंसेवक सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

साथै, उनले गोरखाको बारपाक केन्द्रबिन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनमा परी जीवन गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् ।

यो पनि…
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो
भूकम्पपीडितले रुचाएनन् ‘प्रबलीकरण’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन