English

चुनावसँगै तात्तियो सेयर बजार

नेप्सेमा ९५.४६ अंकको वृद्धि


लामो समयपछि पुँजी बजार बल्ल सकारात्मक गतिमा देखिएको छ । निरन्तर घट्दोक्रममा रहेको नेप्सेले आइतबार आकर्षक छलाङ मारेको छ । सूचकका साथमा कारोबार रकम (टर्नओभर) मा वृद्धि भएको छ । यस दिन नेप्से सूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा आइपुगेको छ । २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

९ महिनादेखि करेक्सन फेजमा गएको बजार पछिल्लो समय पुनः घट्दै २३ सय विन्दुभन्दा तल झरेको थियो । यसबीचमा लगानीकर्ताले खरबौं रुपैयाँ गुमाए । निरन्तर बजार घटेपछि बजारमा भाउहरू निकै सस्तो भइसकेको छ । ५२ हप्ताकै न्यून विन्दुमा भाउ आइपुगेको छ । यसैगरी, पीई रेसियो हेर्दा पनि धेरैको भाउ २० भन्दा तल आइसकेको अवस्था हो । सोही कारण लगानीकर्ताहरु एकाएक आकर्षित भएको अनुमान छ ।

पुँजी बजारका लागि अहिले सकारात्मक माहोल बनिरहेको छ । आइतबारबाट स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवारहरूको मनोनय दर्ता सुरु भएको छ । यससँगै चुनावी चहलपहल थप बढेको छ । चुनावी माहोलमा सेयर बजार सकारात्मक हुने अपेक्षा गर्रिएको छ । दल तथा उम्मेदवारले पैसा खर्च गर्ने भएकाले उक्त पैसा बजारमा आउनेछ । यसले तरलता सहज बनाउने सहयोग गर्ने अपेक्षा गरिएको छ ।

अहिले तरलता अवस्था टाइट भएकाले मात्र बजारले तत्काल अपेक्षा अनुसार पोजेटिभ रेस्पोन्स देखाउन नसकेको विश्लेषणहरु भइरहेका छन् । हाम्रो बजार झन्डै ९ महिनायतादेखि करेक्सन फेजमा छ । यसमा बीचमा उतारचढावहरु भइरहे पनि यसअघि तय भएको ३२ सय विन्दुको उचाइलाई बजारले पार गर्न सकेको छैन । नयाँ बुल रन तयार हुनका लागि नेप्सेले यही ३२ सय विन्दुलाई पार गरेर माथि जानुपर्ने हुन्छ ।

बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरू, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरूका बारेमा पनि अध्ययन गर्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरूमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिन अनुभवीहरूले सुझाव दिने गरेका छन् ।

यस दिन २३८ कम्पनीको ६६ लाख ३९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । फाइनान्स, हाइड्रोपावर, विकास बैंक, बिमा लगायतका समूहहरू सबैभन्दा बढी बढेका छन् । २२ करोड रुपैयाँभन्दा धेरैसहित कारोबार रकममा सिद्धार्थ बैंकको संस्थापक सेयरको अग्रता रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।