English

सीमाक्षेत्रका भारतीय किसान : आफ्नो बजार टाढा, नेपालमा मूल्य बढी



भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्‍ज-४ स्थित नेपाल-भारत सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलाे धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् ।

नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ । नेपालतर्फ सीमानजिकै राखिएको काँटामा उनीहरू धान लिएर आउँछन् । ‘यो हामीले नै फलाएको धान हो । हाम्रोमा भन्दा यहाँ भारु एक सय बढी आउँछ । त्यसकारण नेपाल नै धान लिएर आउँछौँ,’ उनले भने, ‘हामी साइकलमै धान ओसार्छौं ।’

नाकामा प्राय: धान लिएर आउनेको लाइन नै हुन्छ । सशस्त्र प्रहरीले किसानले बिक्रीका लागि ल्याएको धान भनेर सहजै भित्र्याउन दिन्छ । ‘विगतदेखि नै कृषकले ल्याउने गरेका छन् । नाकामा सामान्य व्यापारका लागि वारपार गर्ने कृषकको समस्या बुझ्नुपर्छ,’ नाकामा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले भने ।

हाम्रो उताको बजार लान टाढा पनि छ । भाउ पनि राम्रो छैन, नेपालमा ल्याउँदा क्विन्टलको भारु १४ सयसम्म आउँछ । हाम्रै देशको बजारमा १३ सय भारु मात्र आउँछ । एक सय फाइदा हुन्छ । यसकै लागि हामी नेपालमा धान ल्याउँछौँ ।

कृषकलाई भारतमा बजार पनि टाढा पर्छ । भारतमा नेपालभन्दा पनि कम मूल्य रहेकाले नेपालतर्फ बिक्रीका लगि धान ल्याएको भारतीय नागरिक हरिहरप्रसाद सिंह बताउँछन् । ‘हाम्रो उताको बजार लान टाढा पनि छ । भाउ पनि राम्रो छैन,’ उनले भने, ‘नेपालमा ल्याउँदा क्विन्टलको भारु १४ सयसम्म आउँछ । हाम्रै देशको बजारमा १३ सय भारु मात्र आउँछ । एक सय फाइदा हुन्छ । यसकै लागि हामी नेपालमा धान ल्याउँछौँ ।’

नाका नजिक नवदुर्गा धान खरिद बिक्री केन्द्र सञ्चालन गरिरहेका जितेन्द्र दासले सीमावर्ती अधिकांश भारतीयले नेपालमै धान बिक्रीका लागि ल्याउने गरेको बताए । उनका अनुसार भारतभन्दा नेपालमा धानको मूल्य धेरै भएकाले कृषक नेपालतर्फ नै धान ल्याएर आउने गरेका छन् ।

मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्, नेपालमै ल्याउन उनीहरूलाई सजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।

मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्, नेपालमै ल्याउन उनीहरूलाई सजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।

‘मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्,’ उनले भने, ‘नेपालमै ल्याउन उनीहरूलाई सजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।’

यहाँ मात्र हैन झापाको अधिकांश सीमा क्षेत्रमा भारतीयले नेपालतर्फ आफ्ना उत्पादन बिक्रीका लागि ल्याउने गरेका छन् ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested