English

कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेटी



सन् २०१५ मार्च १३ रिलिज भएको फिल्म ‘एनएच १०’ बनेको ६ वर्ष पुरा भइसकेको छ । यो फिल्ममा अभिनेत्री अनुष्का शर्मा पनि जोडिएकी थिइन् । यस हिसाबले अनुष्का प्रोडक्सन लाइनमा लागेको पनि ६ वर्ष भइसकेको छ ।

अनुष्काको ब्यानर क्लीन स्टेल प्रोडक्सनले निर्माण गरेको ‘एनएच १०’ पहिलो फिल्म हो । यो फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । त्यसपछि अनुष्काले परी, फिल्लौरी तथा पाताललोक सिरिज निर्माण गरिसकेकी छिन् । सफल अभिनेत्री संगै उनी अब सफल निर्मातामा पनि जोडिएकी छिन् ।

अनुष्का भन्दा पहिले पनि बलिउडका केही लोकप्रिय सेलिब्रेटीहरूले प्रोडक्सन हाउस शुरु गरेर फिल्म निर्माण गरिसकेका छन् । फिल्म निर्माण गर्ने केही सेलिब्रेटीहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

जुही चावला

सुन्दर अभिनयले दर्शकहरूको मन जित्न सफल अभिनेत्री जुही चावलाले अजीज मिर्जा तथा शाहरूख खानसँग टिम बनाएर प्रोडक्सन हाउस ड्रिम्स अनलिमिटेडको शुरुवात गरेका थिइन् । यस ब्यानरबाट ‘फिर भि दिल हे हिन्दुस्तानी’ फिल्म निर्माण गरिएको थियो ।

जोन अब्राहम

बलिउड अभिनेता जोन अब्राहम अभिनयपछि फिल्म निर्माणमा पनि आइसकेका छन् । उनको प्रोडक्सन हाउसको नाम जेए एण्टरटेनमेन्ट हो, जसमार्फत ‘विक्की डोनर’ जस्ता हिट फिल्म निर्माण भएको छ ।

आमिर खान

बलिउडमा मिस्टर परफेक्सनिस्टको नामले चर्चित आमिर खान अभिनयको साथ आफ्नो फिल्महरू पनि निर्माण गरिरहेका छन् । उनको आमिर खान प्रोडक्शनबाट अहिलेसम्म ‘तारे जमिन पर’ तथा ‘दंगल’ जस्ता चर्चित फिल्महरू निर्माण भइसकेका छन् ।

अजय देवगन

अभिनेता अजय देवगनले पनि धेरै फिल्महरू निर्माण गरिसकेका छन् । उनको निर्माणमा अहिलेसम्म ‘गोलमाल रिटर्न’, ‘अल द बेस्ट’, ‘शिवाय’ तथा ‘यू मी और हम’ जस्ता फिल्म बनिसकेका छन् । अजय देवगन एफ फिल्म यो प्रोडक्सन हाउसको शुरुवात सन् २००० मा भएको थियो । सो व्यानरबाट पहिलो फिल्म ‘राजु चाचा’ निर्माण गरिएको थियो । २०१५ मा प्रोडक्सन हाउसलाई विस्तार गरेर वीएफएक्स कम्पनी पनि शुरु गरियो । यो कम्पनीको नाम एनवाय वीएवलएक्स वाला हो । ‘बाजीराव मस्तानी’ तथा ‘तमाशा’ फिल्म यही वीएफएक्स कम्पनीबाट निर्माण भएको थियो ।

सैफ अलि खान

सैफ अलि खानले पनि निर्माण कार्यको लाइनमा कदम राखिसकेका छन् । उनको प्रोडक्सन हाउस इल्युमिनाती फिल्मसबाट अहिलेसम्म ‘लव आजकल’ तथा ‘ककटेल’ निर्माण भइसकेको छ ।

COCKTAIL, Saif Ali Khan, 2012. ©Illuminati Films
अक्षय कुमार

अक्षय कुमारकी श्रीमती ट्वीङ्कल खन्ना यस प्रोडक्शन हाउसको मालिक हुन् । हरिओम एण्टरटेनमेन्टबाट अहिलेसम्म होली डे, एयरलिफ्ट, जोकर, पटियाला हाउस तथा थैंक्यू जस्ता फिल्म बनिसकेको छ । यो प्रोडक्शन हाउसको नाम अक्षयले पिताको नामबाट सुरु गरेका थिए ।

फरहान खान

फरहान अख्तरले सन् १९९९ मा एक्सल एण्टरटेनमेन्टको शुरुवात गरेका थिए । यस ब्यानरबाट अब तक दिल चाहता है, लक्ष्य, डन तथा रक अन जस्ता फिल्म बनिसकेका छन् । एजेन्सीको सहयोगमा ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।